logo

तीन चीनीया नागरिक पक्राउ,थप अनुसन्धानकालागि दोभाषे झिकाइने

 इसीमाना सम्वाददाता     २०८० चैत १८ गते ०८: ३९ मा प्रकाशित     475   पटक पढिएको

वीरगंज । अनलाईन मार्फत ठगी धन्दा चलाईरहेका तीन जना चीनीया नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका वडा नं. १५ लक्ष्मणवामा कल सेन्टर संचालन गरेर ठगी गर्दै आइरहेका उनीहरुलाई प्रहरीले छापा मारेर पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

लक्ष्मणवामा रहेको नन्दु पटेलको घर भाडामा लिएर सञ्चालन गरिएको उक्त कल सेन्टरको कार्यालयबाट डेक्सटप कम्प्युटर १२० थान, मनिटर ११८ थान, ल्यापटप ४ थान, विभिन्न ब्राण्डका मोबाइल ३५ थान, भारतीय जियो मोबाइलको सिम १३ थान, प्रिन्टर १ थान, किबोर्ड २६ थान, इन्टरनेट स्वीच ५ थान, वाइफाइ राउटर २ थान, इन्भर्टर २ थान, विभिन्न बैंकको एटिएम कार्ड तीन थान, मलेसियन मुद्रा ३७ रिंगिट, कम्बोडियन मुद्रा ३ हजार पाँच सय र नेपाली रुपैयाँ ४३ हजार तथा पक्राउ परेका तीनै जना चिनियाँ नागरिककको पासपोर्ट तीन थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।

बीआर ०१ सिएक्स ५७९२ नम्बरको सेतो रंगको आई ट्वान्टी कार एक थान र प्र.२(०३(०११ प १३६७ नम्बरको एफजेड मोटरसाइकल १ थानसमेत बरामद गरिएको एसपी ढुंगेलले बताए ।

अनुसन्धानको क्रममा कल सेन्टर स्थापना गरि कर्मचारीहरू समेत राखि नेपाल, भारत, पाकिस्तान, लगायतका विभिन्न देशहरूमा रहेको व्यक्तिहरूसंग सोसल मिडिया तथा टेलीफोन मार्फत विभिन्न प्रलोभनमा पारी ठगी गर्ने गरेको देखिएको एसपी ढुंगेलले वताए ।

 

पक्राउ परेकाहरु अन्य देशका विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूलाई एजेन्ट बनाई ठगी गर्ने गरेको र ठगी गरेको रकम भारतीय विभिन्न बैंकहरू मार्फत कारोबार हुने गरेको देखिएको एसपी ढुंगेलले जानकारी गराए ।

पक्राउ परेका व्यक्तिहरू चिनिया नागरिकहरु विरुघद्ध हाल अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइरहेको र निजहरूको संवाद प्रायजसो चिनिया भाषामा रहेकोले सो सम्बन्धमा अनुसन्धान गर्न दोभाषेलाई बोलाई थप प्रमाणहरु फेला पार्न कार्य भइरहेको उनले वताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.