logo

मधेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा,कृषि र पर्यटनको बिकासमा टेवा पुग्ने

 इसीमाना सम्वाददाता     २०८० चैत १९ गते १६: ३६ मा प्रकाशित     2494   पटक पढिएको

गौर । रौतहटको गौरमा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ ।


गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा सबै भन्दा दोश्रो  लामो हो ।

May be an image of 3 people, fire tower and satellite dish

पुलको लम्बाई २ सय ५९ मिटर रहेको छ । गौर नगरपालिका र इश्नाथ नगरपालिकालाई जोड्ने यो पुलको निर्माणले इशनाथ नगरपालिका तर्फका बन्जाराह ,औरैयाका नागरिकलाई सदरमुकाम सम्मको पहुचलाई नजिक बनाईदिन्छ ।

पुलको निर्माणले इशनाथ तर्फका किसानको कृषि उपजले सलुभ रुपमा सदरमुकामको बजार सम्म आफनो पहुच बनाउन सक्छ ।

 

किसानलाई ढुवानीको लागत कम हुदा बचत बढी हुन सक्छ । त्यस्तै पुल पर्यटककालागि पनि गन्तब्यको केन्द्र बन्न सक्छ । पर्यटकहरुको गन्तब्य केन्द्र बनाउन सक्दा स्थानीय उत्पादनले त्यही बजार पाउने रोजगारीमा समेत बृद्धि हुने अपेक्षा राखिएको गौर नपाका प्रवक्ता तथा वडाध्यक्ष अर्जुन सिंहले बताए ।

May be an image of 1 person
इलम हेल्भेटासको आर्थिक सहयोगमा निर्माण भइरहेको पुल बैशाख १ गते हस्तान्तरण गर्ने गरि तयारी गरिएको छ ।

 

निर्माण पक्षले तिब्रगतीमा पुल निर्माणको काम गरिरहेको छ । बैशाख ७ गते नेपालका पूर्व प्रधानमंत्री माधव कुमार नेपाल र गौर नगरपालिकाका प्रमुख शम्भु साहद्वारा पुल उद्धाटनको तयारी भइरहेको नगरप्रमुखको सचिवालयले जनाएको छ ।


पुलको ०७९ माघ २८ गते नगरप्रमुख साहले शिलान्यास गरेका थिए । ०८० साल मंसीर ३ गतेबाट मात्र निर्माणको काम शुरु भएको थियो । अव निर्माणको काम अन्तिम चरणमा पुगेको गौर नगरपालिकाका प्रमुख साहको सचिवालयले जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.