logo

बिधिमा बसेर काम गर्नेकालागि गृहप्रशासन डर होइन भर गर्ने निकाय बन्ने छः उप्रधान तथा गृहमंत्री लामिछाने

 इसीमाना सम्वाददाता     २०८० चैत २८ गते ०८: २६ मा प्रकाशित     434   पटक पढिएको

वीरगञ्ज । उपप्रधान तथा गृहमंत्री रबी लामिछानेले उद्यमी ब्यवसायीले बिधिमा बसेर काम गरे प्रशासक नेता प्रहरी अधिकारी कसैलाई चिन्नु नपर्ने बताएका छन ।

 

उनले सरकार बिधिको अधिनमा प्रणालीको बिकास होस भन्ने कुरा दृढ रहेको बताउदै कसैले पनि नेता प्रहरी प्रशासकको साहारा खोज्नु नपर्ने बताए । उनले प्रणालीलाई ध्वस्त पार्ने बिधिको बिपरित काम गर्ने सरकारले नछाड्ने चेतावनी पनि दिए ।

वीरगञ्जको गण्डक स्थित होटल क्लार्क रिसोर्टमा आयोजित राजस्व चुहावट सम्बन्धी कार्यक्रमलाई समबोधन गर्दै उपप्रधान तथा गृहमंत्री लामिछानेले देशकै प्रमुख प्रवेशद्वार तथा औद्योगिक एवम् आर्थिक नगरी मानिने वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् ब्यवसायीलाई पनि उनले अपिल गरेका छन ।

बारा तथा पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

 

राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाकी नराख्ने बताएका छन् ।

उनले नेपालको बिद्यमान जटिलताको निदान गर्न बर्तमान सरकार निर्माण भएको धारणा राखे । उनले गृह प्रशासन डरकालागि नभई भरका लागि हो भन्ने कुरा स्थापित गरिने बताए।

 

उनले गैरकानूनी काम गर्नेहरु हो प्रहरीसंग डराउने मेहनतकश कानूनको परिपालाना गर्नेहरुले भर गर्ने र गृहप्रशासन तपाईको भरपर्दो निकाय हुने कुरा बिश्वास दिलाउन चहान्छु गृहमंत्री लामिछानेले भने । उनले हरेक कर्मचारी उत्पादनयोग्य काम गर्न क्रियाशिल हुनु पर्ने बताए ।

उनले चेतावनीको भाषामा भने परिणाम दिन नसक्ने कुनै पनि कर्मचारी अव चयनले बस्न सक्दैन । । आजै उद्योगी तथा ब्याबसायीहरुलाई समेत सम्बोधन गर्दै लामिछानेले राजस्व चोरी गर्ने, भ्याट नतिर्ने, अवैध काराबार गर्ने जो सुकै भएपनि कारवाहीको कठघरामा खडा हुनुपर्ने बताए ।

उनले मापदण्ड भन्दा बाहिर रहेर संचालीत बीरगंजको किग्स क्यासिनोको बारेमा समेत आफु जानकार रहेको बताए । उनले कानूनले जे भन्छ त्यही कुरामा आवशस्त पार्न चाहे । गृहमंत्रीले कुनै दवाव दिदैन , प्रभावमा पार्दैन कतिपय कुराहरु अनुसन्धानको क्रममा रहेकोले कानूनले नै त्यो कुराको निरुपण गर्ने उनले बताए ।

गोष्ठीमा गृहमन्त्रीसँगै गृहसचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर, अर्थ मन्त्रालयका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक लगायतका पदाधिकारीहरूसहित बारा र पर्साका सुरक्षा निकायका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.