logo

बिधिमा बसेर काम गर्नेकालागि गृहप्रशासन डर होइन भर गर्ने निकाय बन्ने छः उप्रधान तथा गृहमंत्री लामिछाने

 इसीमाना सम्वाददाता     २०८० चैत २८ गते ०८: २६ मा प्रकाशित     575   पटक पढिएको

वीरगञ्ज । उपप्रधान तथा गृहमंत्री रबी लामिछानेले उद्यमी ब्यवसायीले बिधिमा बसेर काम गरे प्रशासक नेता प्रहरी अधिकारी कसैलाई चिन्नु नपर्ने बताएका छन ।

 

उनले सरकार बिधिको अधिनमा प्रणालीको बिकास होस भन्ने कुरा दृढ रहेको बताउदै कसैले पनि नेता प्रहरी प्रशासकको साहारा खोज्नु नपर्ने बताए । उनले प्रणालीलाई ध्वस्त पार्ने बिधिको बिपरित काम गर्ने सरकारले नछाड्ने चेतावनी पनि दिए ।

वीरगञ्जको गण्डक स्थित होटल क्लार्क रिसोर्टमा आयोजित राजस्व चुहावट सम्बन्धी कार्यक्रमलाई समबोधन गर्दै उपप्रधान तथा गृहमंत्री लामिछानेले देशकै प्रमुख प्रवेशद्वार तथा औद्योगिक एवम् आर्थिक नगरी मानिने वीरगञ्जबाट राजस्व चुहावटलाई कम गर्ने विषयमा भन्सार प्रशासक तथा सुरक्षा निकाय एवम् ब्यवसायीलाई पनि उनले अपिल गरेका छन ।

बारा तथा पर्साका सीमा नाकाबाट व्यापक रुपमा हुने तस्करी नियन्त्रण तथा राजस्व चुहावटलाई रोक्नका लागि उनले सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

 

राजस्वको लक्ष्य भेटाउनका लागि सक्रिय रुपमा लाग्न आग्रह गर्दै उनले अवैध रुपमा हुने चोरी, पैठारी तथा तस्करीको नियन्त्रणमा कुनै कसर बाकी नराख्ने बताएका छन् ।

उनले नेपालको बिद्यमान जटिलताको निदान गर्न बर्तमान सरकार निर्माण भएको धारणा राखे । उनले गृह प्रशासन डरकालागि नभई भरका लागि हो भन्ने कुरा स्थापित गरिने बताए।

 

उनले गैरकानूनी काम गर्नेहरु हो प्रहरीसंग डराउने मेहनतकश कानूनको परिपालाना गर्नेहरुले भर गर्ने र गृहप्रशासन तपाईको भरपर्दो निकाय हुने कुरा बिश्वास दिलाउन चहान्छु गृहमंत्री लामिछानेले भने । उनले हरेक कर्मचारी उत्पादनयोग्य काम गर्न क्रियाशिल हुनु पर्ने बताए ।

उनले चेतावनीको भाषामा भने परिणाम दिन नसक्ने कुनै पनि कर्मचारी अव चयनले बस्न सक्दैन । । आजै उद्योगी तथा ब्याबसायीहरुलाई समेत सम्बोधन गर्दै लामिछानेले राजस्व चोरी गर्ने, भ्याट नतिर्ने, अवैध काराबार गर्ने जो सुकै भएपनि कारवाहीको कठघरामा खडा हुनुपर्ने बताए ।

उनले मापदण्ड भन्दा बाहिर रहेर संचालीत बीरगंजको किग्स क्यासिनोको बारेमा समेत आफु जानकार रहेको बताए । उनले कानूनले जे भन्छ त्यही कुरामा आवशस्त पार्न चाहे । गृहमंत्रीले कुनै दवाव दिदैन , प्रभावमा पार्दैन कतिपय कुराहरु अनुसन्धानको क्रममा रहेकोले कानूनले नै त्यो कुराको निरुपण गर्ने उनले बताए ।

गोष्ठीमा गृहमन्त्रीसँगै गृहसचिव एकनारायण अर्याल, अर्थ सचिव कृष्णहरी पुस्कर, अर्थ मन्त्रालयका पदाधिकारी, आन्तरिक राजस्व कार्यालयका उपमहानिर्देशक लगायतका पदाधिकारीहरूसहित बारा र पर्साका सुरक्षा निकायका प्रमुख, उपप्रमुखहरूको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.