logo

पोखरियामा निशुल्क नेत्र शिविर सम्पन्न, ३ सय २६ को नेत्र परिक्षण ,१ सय ९१ मा मोतिबिन्दुको समस्या 

      10/3/2020 गते 00 00 मा प्रकाशित     1030   पटक पढिएको

पोखरिया नगरपालिकाको वडा नं १  बनकटवामा शनिवार  निशुल्क नेत्र शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय २६ जनाको नेत्र परिक्षण गरिएको थियो ।
 

नेत्र परिक्षण गरिएका मध्य १ सय ९१  जनामा मोतिबिन्दुको समस्या देखिएको माट्रिका आई फाउण्डेशनका संयोजक महेश सिंह धामीले बताउनु भयो । नेत्र परिक्षण गरिएका ३ सय २६ मध्य २७ जन शारीरीक रुपमा फरक क्षमता भएका ब्यक्तिहरु रहेको उहाँले बताउनु भयो । 


बनकटवा युवा उत्थान समितिको स्थानीय आयोजनामा भएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । परिक्षण आइतवार पनि निरन्तर हुने आयोजक संस्थाका कार्यक्रम संयोजक प्रदीप कुर्मीले जानकारी दिनु भयो ।

 

उत्थान समितिका अध्यक्ष ह्रदय नारायण पटेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार, सम्बिधान सभाका सदस्य प्रदुम्न चौहान , जसपाका नेता नेजामुदिन समानी, वडा नं १ अध्यक्ष बंका प्रसाद कुर्मी डा. जगतनारायण गिरीले पहिलो बिरामीलाई प्रेसक्रिप्सन पूर्जा हस्तान्तरण गरेर शिविरको शुभारम्भ गएिको आयोजक संस्थाका कोषध्यक्ष  भोला गिरीले जानकारी दिनु भयो ।

समितिका सचिव  बैजनाथ ठाकुर उपाध्यक्ष कविता कुर्मी लगायतको नेतृत्वमा स्थानीय युवाहरुले शिविरको ब्यवस्थापन गरेका थिए । शिविरको आयोजनाले आँखामा समस्या आएका स्थानीय जेष्ठ नागरिकले खुशी ब्यक्त गरेका छन ।

 

घर आँगनमै आएर आँखाको चेक गर्ने र निशुल्क रुपमा अप्रेशन हुने कुरा थाहा पाएपछि जेष्ठ नागरिक खुशी भएका हुन । शिविर पोखरिया स्थित श्री रामदेव साह कलवार जिल्ल उच्चाङल उच्च माध्यामिक बिद्यालयमा भएको थियो । शिविरमा मास्क अनिर्वाय गरिएको थियो भने सामाजिक दुरी कायम गरिएको थियो ।


मोतिबिन्दुको समस्या देखिएका १ सय ९१  जनाको माट्रिका आई फाउण्डेशनले निशुल्क अप्रेशन गर्ने जनाएको छ । फाउण्डेशनले चश्मा लगायतका अन्य आवश्यक सामाग्री भने शुपथ मूल्यमा उपलब्ध गराउने धामीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.