logo

पर्सा प्रहरी प्रमुखको छड्के, समातिए रकम असुल्ने ट्राफिक प्रहरी,संयुक्त चेकजाँच शुरु

 इसीमाना सम्वाददाता     २०८१ बैशाख ५ गते १४: ३४ मा प्रकाशित     612   पटक पढिएको

स्केच फाइल

बीरगंज । मालवाहक सवारी साधनसंग अनधिकृत रुपमा रकम असुल गर्ने तीन जना ट्राफिक प्रहरीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सामा तानिएको छ । गत आइतवार राती जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख कुमोद ढुंगेलले परवानीपुरम छड्के अनुमगन गर्दा भारतीय माल वाहक सवारीसंग प्रति सवारी रकम असुल गरेको तथ्य फेला परेको हो ।


प्रहरी उपरिक्षक ढुंगेलले त्यही बेला नै परावानीपुर चेकिङ पोइन्टमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी नीरिक्षक भास्कर अतिवडालाई बोलाएर ट्राफिक प्रहरीको बदमासीका बारेमा जानकारी गराएका थिए ।

ढुंगेलले प्रहरीको वर्दी लगाई सडकमा उभिएर मालवाहक गाडीका चालक मजदुरहरुसंग रकम लिने कुरा सहन गर्न नसकिने भन्दै पेशागत मर्यादा र कर्तब्य बिपरित काम गर्ने प्रहरीलाई कारवाही गर्न निर्देशन दिएका थिए ।


परवानीपुर ट्राफिक प्रहरी पोष्ट पनि नाजायज रकम असुली गर्ने ठाउँको रुपमा परिचित छ । स्रोतका अनुसार परवानीपुर पोष्टले दैनीक ६ हजार रुपैया प्रहरी नरिक्षकलाई बुझाउनु पर्ने बाध्यता रहेको दावी गरेको छ ।


हरेक पोष्टमा सरुवा भई जाने पोष्ट इन्चार्जले कार्यालय प्रमुखलाई दैनीक रुपमा रकम दिनु पर्ने बाध्यता सृजना गरेको आरोप खतिवडालाई लाग्दै आएको छ । भारतीय सवारी साधनका चालकहरुले पनि खुल्ला रुपमा ट्राफिक प्रहरीलाई रकम दिनु परेको बताउदै आएका छन ।

गत आइतवार जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक ढुंगेलले परवानीपुरमा सडकबाट ट्राफिक प्रहरीलाई हटाएर नेपाल प्रहरीका जवानलाई सडकमा डिउटी खटाएका थिए । डिउटीमा खटिएका प्रहरीले भारतीय सवारी साधनसंग कागजपत्र माँगेर हेर्न खोज्दा चालकहरुले कागजमै रकम राखेर दिएका थिए ।

उनीहरुले कागजात माग्ने प्रहरीलाई आफूहरुले यसैगरि रकम दिने गरेको खुलाएका थिए । सडकमा उभिएर ट्राफिक प्रहरीले रकम माँग गरे प्रहरीको प्रतिष्ठामै आँच पुर्याएको भन्दै प्रहरी उपरिक्षक ढुंगेलले नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त डिउटीको ब्यवस्था मिलाउन निर्देशन दिए ।

स्रोतका अनुसार अहिले प्रहरीको संयुक्त टोलीले परवानीपुरमा चेकजाँच शुरु गरेको छ । प्रहरी निरिक्षक खतिवडाले प्रहरीहरु जिल्ला तानिएको बताए । उनले डिउटी फेला नपरेपछि जिल्ला तानिएको बताएका छन । उनले रकम असुलीको कुरा अस्वीकार गरेका छन ।

यद्धपी उनले एउटा अभिभावकलाई सबै कुरा थाहा नहुने भन्दै रकम उठाएको पनि हुन सक्ने कुरालाई नकार्न भने चाहेनन । कमाण्डरले संकेत नगर्दा सम्म तल्लो तहका प्रहरी कर्मचारीले पेशागत चरित्र र नैतिकतामा प्रश्न उठने गरि रकम असुल्ने काम गर्न नसक्ने एक प्रहरी अधिकृतले बताए ।

खतिवडाले यसरी उठेको रकम पथलैया स्थित ट्राफिक प्रहरी प्रमुख र मधेश प्रदेशका प्रहरी प्रमुखलाई समेत ब्यवस्थापन गर्ने गरेको स्रोतले दावी गरेको छ । जसले गर्दा खतिवडाले जति प्रश्न उठेपनि आफनो अभियान भने नछाडेको स्रोतको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.