logo

देशको समृद्धिकालागि मुख्य पार्टीहरु साझा समझदारीका साथ अगाडि बढनु पर्छः एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेल

 इसीमाना सम्बाददाता      २०८१ बैशाख १८ गते ११: ३० मा प्रकाशित     505   पटक पढिएको

वीरगञ्ज । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले देशको बिकासकालागि जनताको समृद्धिकोलागि र मुलुकका मेजर पार्टीहरु साझा समझदारीकासाथ अगाडि बढनु पर्नेमा जोड दिएका छन ।

 

प्रेस चौतारी नेपाल पर्साद्वारा मंगलवार बिहान बीरगन्जमा आयोजीत पत्रकार सम्मेलन वरिष्ठ उपाध्यक्ष पोखरेलले देशको समृद्धिकालागि मुख्य पार्टीहरु एक ठाउँमा आउनु पर्ने आजको आवश्यकता भएको बताएका हुन ।

उनले अहिलेको सरकार परिर्वतनको कुरा हल्ला मात्र भएको बताए । नयाँ समीकरणबाट बनेको सरकारमा आन्तरिक खटपट नरहेकोले सरकार परिवर्तनको कुरा हल्ला मात्र भएको बताए ।अघिल्लो गठबन्धन अनुचीत थियो योजना बनाएर नै हामीले त्यसलाई तोड्यौं उनले भने तर अहिलेको सरकार फेरबदल हुने कुरा उचित पनि होइन र त्यो हुदैन पनि ।

 

उनले मुलुकको आर्थिक बिकास राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताकालागि मुलुकमा नेकपा एमालेको नेतृत्व आवश्यक रहेको बताए । सामाजिक सदभाव कायम राख्न,कृषि पर्यटन उर्जा बिकास र आर्थिक क्षेत्रको मजबुतीकरण एमालेले जानेको उनले बताए । एमाले आर्थिक विकासका माध्यमले समृद्धितर्फ ठोस योजनाका साथ अगाडि बढी रहेको बरिष्ठ नेता पोख्रेलले बताए ।


गृहमन्त्री रवी लामिछानेको विवाद बारे सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने,‘ म मात्रै होइन हाम्रो पाटीले यदि ऊ दोषी छ भने त्यसको सत्यतथ्य अनुसन्धान गरेर कानुनी प्रक्रिया अगाडि बढाउन भनिरहेकै छ, त्यसमा हाम्रो कुनै रोकावट हुँदैन् । तर छानविन समिति अहिलेको आवश्यकता हो या होइन बुझ्न जरुरी छ, त्यही आधारलाई मूल्यांकलन गरेर हामी आफ्नो धारणा पनि दिइरहेका छौं ।’

पत्रकार सम्मेलनमा एमालेका सचिव ताप्लेजुङबाट प्रतिनिधि सभाका निर्वाचित साँसद एवं पूर्व मंत्री योगेश भट्टराइ, एमाले नेता अच्युत मैनाली, सांसद राजकुमार गुप्ता नेकपा एमालेका मधेश प्रदेशका सचिव मनोज पौडेल लगायतका नेताहरुकोको सहभागिता थियो ।

 

कार्यक्रम प्रेस चोतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको थियो । एमालेका बरिष्ठ उपाध्यक्ष पोख्रेल नेकपा एमाले पर्साको नवौ जिल्ला अधिवेशनमा भाग लिन बीरगंज आएका हुन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.