logo

तीन गैर नागरिकको खेल, नेपाली नागरिकको स्वास्थ्य र धन माथि झेल,बंका भंगेरिया र अग्रवाललाई फौजदारी अपराधमा कारवाही गर्न माँग

      10/18/2020 गते 00 00 मा प्रकाशित     1334   पटक पढिएको

असोज १५,१८ र १९ मा मुलुकको राजधानी काठमाण्डौ र आर्थिक राजधानी बीरगंजमा आयान डिष्टिब्यूटर्स र एएसटी प्रा.ली.मा प्रहरीले छापा मार्यो । 


नेपालमा रहेका खाद्य उधोगहरुलाई आवश्यक केमिकल र कच्चा पर्दाको आपूर्ती गर्दै आएका यि कम्पनीले  भारतमै म्याद नाघेका अखाद्य बस्तुको आयात गरेर रिलेबलिङ गरेर उधोग र बजारमा उपलब्ध गराउदै आएका थिए ।
उनीहरुलाई यसो गर्न नेपालको राजनीतिक क्षेत्रका केही हस्तीहरुको संरक्षण प्राप्त छ । विश्वव्यापी कोरोना महामारीका कारण देशमा गत चैत्र ११ गतेदेखि लकडाउन लाग्यो ।

 

लकडाउनका कारण बन्द भएको व्यापार व्यवसाय अझै पनि राम्रोसँग तङ्ग्ररिन सकेको छैन् । लामो समयसम्म बजार बन्द हुँदा विभिन्न पसलहरुमा म्याद गुज्रिएका सामाग्री पहिले भन्दा केही बढेकोलाई स्वभाविक मान्न सकिन्छ ।

 

तर, लकडाउनको फाइदा उठाउँदै जनस्वास्थ्यमाथि खेडवाड गर्ने आपराधिक प्रवृत्तिका मान्छेहरुले भने तिनै म्याद सकिएका खाद्य सामाग्रीलाई पुनः नयाँ मितिको लेवलिङ गराएर बजारमा पठाउने धन्धा चलाएका छन् । यस्तो धन्दा चलाउनेमा गैर नेपालीहरु हावी छन ।


दायाँबाट प्रवीण बंका,अनिल बंका र भवन भंगेरिया


बंकाले आम उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै अर्बौ अर्ब रुपैयाँ कमाएका छन् । यी पात्र सामान्य मानिस हैनन्, फौजदारी अभियोगका भागिदार समेत हुन् । किनकी, प्रविण बंका नेपाली नागरिक नभएर भारतीय नागरिक भएको तथ्यले देखाएको छ । एउटै ब्यक्ति एक भन्दा बढी देशको नागरिक हुन पाउने कानून संसारमै छैन । 

प्रवीण बंकाले नेपालबाट गैरकाुननी रुपमा आर्थिक चलखेल गरेर नागरिकता प्राप्त गरेको अभियोग लागेको छ । यि मान्छेमाथि नागरिकता किर्ते गरेको फौजदारी अभियोग लगाउने प्रमाण प्रशस्त छन् ।

प्रविण बंका भारत बिहार राज्यको असली बासिन्दा हुन् । नेपालमा त धन्दा गरेर पैसा कमाउनका लागि आएका मात्रै हुन् । प्रविण बंका बिहारको उजिआरपुर विधानसभा निर्वाचन क्षेत्रका बासिन्दा हुन् । उनको मतदाता सूचनाको पहिचान पत्र नं. ईपीआईसी नम्वर एफवाईएस ३२८३८६८ रहेको छ ।

पिताको नाम सत्यनारायण बंका, भाग संख्या २४२, भागको नाम राष्ट्रिय मिडिल स्कुल, दलासिनसराय, इस्ट मिडिल साइट, मतदाता क्रमांक ८० मतदान केन्द्र राष्ट्रिय मिडिल स्कुल दलासिनसराय रहेको छ ।

 

त्यसो त प्रविण बंकाको पारिवारिक कनेक्सन नै धन्दा चलाउनेमा रहेको देखिन्छ । उनका ससुरा काका पवन भङ्गेरियाले पनि झुठो विवरण पेश गरेर नागरिकता नेपाली नागरिकता हासिल गरेका थिए ।

 

भङ्गेरिया हत्या र लुटपाटको अभियोगमा भारतमा जेलको सजायँ सुनाइएका व्यक्ति हुन् । २०५० सालमा नेपाल प्रवेश गरेपछि आफ्ना बाबु रामअवतार प्रसादलाई अर्काको नक्कली छोरा बनाएर मोरङ जिल्लाको तत्कालिन रंगेली गाविस वडा नं. १ बाट बसाई सराई गराएर जिल्ला प्रशासन कार्यालय पर्साबाट बंशजको आधारमा नेपाली नागरिकता लिएका थिए । भंगेरियाका दाजु कैलास प्रसाद भंगेरियाले भने समेत भारतीय दूतावासबाट २२ वर्ष अघि भारतीय नागरिक भएको प्रमाणित गराएका थिए ।

यिनै ससुरा भंगेरियाले प्रविण बंकालाई जन्मको आधारमा नेपाली नागरिकता दिलाउन सफल भएका थिए २०६३ सालमा । बंकाले भंगेरियाका दाजु कैलाशकी छोरीलाई विवाह गरेका छन् ।

 

प्रविण बंका विरुद्ध पर्सा जिल्ला प्रशासन कार्यालयमा भुठो व्यहोरा उल्लेख गरी आफ्नो जन्मको आधारमा नेपाली नागरिकता लिएको भन्दै २०६७ साल पुष १८ गत उजुरी परेपनि त्यस बिषयमा अनुसन्धान भएको छैन । स्रोतका अनुसार सेटिङकै कारण उजुरी पोको पारेर थन्क्याइएको छ ।


एउसटी प्रालीका अर्का साझेदार सुमित अग्रवाल कमल झून झूनवालका छोरा हुन । उनी पनि नेपाली नागरिक होइनन ।उनी भारत बिहारको रामनगरका स्थायी बासिन्दा हुन । उनले पनि बिवरण ढाँटेर नेपाली नागरिकता लिएका छन । 

जब नियत नै खोटो भएपछि धन्दा पनि खोटो नै चल्छ । यसरी म्याद सकिएको सामानमा नयाँ उपभोग्य मिति राखेर आम उपभोक्ताको जीवनमाथि खेलवाड गरेर धन्दा चलाउने गिरोह धेरै वर्ष पहिलेदेखि नै सक्रिय थियो ।

यो गिरोहले अहिले लकडाउनको समयमा खुद्रा पसल समेतबाट म्याद गुज्रिएका सामानको फिर्ता लिन समय लाग्ने अवस्थाको इमोशनल ब्याकमेलिङ गरेर चलाइरहेको ठूलो र्याकेटलाई प्रहरीले एकपछि अर्को छापा मार्न थालेपछि तिल्मिलाउन थालेको छ । धन्दाबाटै कमाएको पैसा प्रयोग गरेर अहिले यो गिरोह आफ्नो नामलाई जोगाउन खोजिरहेको छ ।

यसरी गैरकानुनी रुपमा आम उपभोक्ता विरुद्ध गरिएको भयानक ठगीमा नेपाल र भारतमा दुईतिर नागरिकता बोकेर शुद्ध व्यवसायको नाटक गर्ने पवन बंका र उनको परिवार संलग्नता प्रष्ट भएको छ । विदेशी खाद्य सामाग्री आयातकर्ता कम्पनीको आवरणमा आयात गरिएका अर्बौ मूल्यका सामानको म्याद सकिएपछि पुनः रिलेवलिङ गराउनु महाअपराध हो ।

आयातकर्तासँग खुद्रा पसलमा भएका म्याद नाघेका सामाग्री उठाएर नयाँ वितरण गर्नेपर्नु दायित्व हुन्छ । तर, आयातकर्ता वितरक र थोक बिक्रेताले नै पुनः यस्तै सामान बजारमा पठाउन थालेको धन्दा आम उपभोक्ताले थाहा पाउनु कसरी ?

यो उनीहरुको गैरव्यवसायिक पराकाष्ठा हो । उपभोग्य अवधी सकिन लागेका सामाग्री उत्पादक कम्पनीलाई नबुझाई पुनः उपभोक्तालाई खुवाउन पठाउनु सामान्य गल्ती हुन सक्दैन । यो अपराध फौजदारी अपराधमा दर्ज हुनु पर्ने उपभोक्ता अधिकारकर्मीहरुको माँग छ  ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.