सामाजिक संजाल प्रयोगकर्ताहरुले बिवरण ढाँटेर नेपाली नागरिकता लिन सफल प्रवीण बंकाको नागरिकता खारेजीको माँग गरेका छन ।
भारत बिहारको दालसिंह सराय घर भएका बंकाले ०६३ सालमा बिवरण ढाँटेर बीरगंजबाट जन्मसिद्ध नागरिकता लिएका छन ।

प्रहरीले असोज १५ मा आयान डिस्टिब्यट्रर्समा छापामारी गरि सात जनालाई पक्राउ गरेको थियो । त्यसमध्य एक जना भारतीय नागरिक थिए । रौनक बोथ्रा । बोथ्रा भारतीय भएकै कारण हिरसातमा छन । त्यसको तीन दिन पछि प्रहरीले फेरी कलंकीमा पाँच तले घरमा छापामारी गर्यो ।
त्यसमा पनि प्रहरीले सात जनालाई नै पक्राउ गर्यो । त्यस मध्यका एक थिए अनिल बंका । उनी पनि भारतीय नागरिक हुन । दुबै स्थानमा म्याद नाघेका बस्तुमा पूनः रिलेवलिङ गरेर बजार पाठाउने तयारी गरिदै थियो । तर पछिल्लो प्रकरणमा भारतीय नागरिक बंकाले पाएको उन्मुक्तिका कारण नेपाल प्रहरी प्रति गम्भिर सवाल खडा भएको हो ।
प्रहरीका केही मान्छेले आफनो इमान र निष्ट अपराधीहरुको अगाडि समर्पण गर्दा सिंगो संगठनले बदनामीको बोझ उठाउनु परेको एक पूर्व प्रहरी अधिकृतले बताउनु भयो ।
उहाँले अनुसन्धानमा कैफियत नहुने हो भने राम्रा प्रहरी अधिकृतहरुले संरक्षण दिएको कुरा प्रष्ट खुल्ने उहाँले दावी गर्नु भयो । बंका नेपाली उपभोक्ताको स्वास्थ्यसंग खेलवाड गर्ने प्रकरणका एक्ला खेलाडी होइनन ।
उनीसंग अन्य साझेदारहरु पनि रहेका छन । उनीहरुपनि भारतीय नै हुन । एएसटी प्रालीको काठमाण्डौबाट बजारमा समान बितरणको ब्यवस्थापन हुन्छ । त्यसको नेतृत्व प्रवीण बंका र उनका दाई अनिल बंकाले लिएका छन । बीरगंजमा केमिकल तथा कच्चा पर्दाथ आयात , भण्डारण र नेपाल भित्र बितरणको ब्यवस्थापन हुन्छ ।
.jpeg)
त्यसको नेतृत्व भारतीय नागरिक कमल झुनझुनवाला उनका छोरा सुमित अग्रवाल र प्रवीण बंकाका नातेदार समेत रहेका पवन भंगेरियाले गर्छन । भंगेरिया र सुमित अग्रवाल पनि बिवरण ढाँटेर नेपाली नागरिकता प्रमाण पत्र लिन सफल भएका भारतीय नागरिक हुन ।
उनीहरुको अहिले पनि भारतीय मतदाता सूचीमा नाम छ । कमल झूनझुनवाला भने भारत बिहारको रामनगरका स्थायी बासिन्दा नै हुन । राजनीतिशक्ति र प्रशासनलाई आर्थिक नजरानाको बसमा पारेर बंकाले यो अपराधीक कार्य बिगत तीन वर्ष देखी संगठीत रुपमा संचालन गर्दै आएको स्रोतको दावी छ ।
तपाईको प्रतिक्रिया