logo

झडपमा घाइते भएका नेकपका स्थानीय नेता चौरसियाको निधन

      10/23/2020 गते 00 00 मा प्रकाशित     1138   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साले विन्दवासनी गाउँपालिकामा ०७७ असोज ६ गते आयोजना गरेको शपथ ग्रहण कार्यक्रममा भएको झडपमा परी घाइते भएका बिन्दवासीनी गाउँपालिका वडा नं १ बह’अर्वाभाठाका ३७ वर्षिय मुकेश चौरसियाको निधन भएको छ । झडपमा चौरसियाको टाउकोमा गम्भीर रुपले चोट लागेको थियो ।


वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार गराईरहेका उनको असोज ७ गते बिहान मृत्यु भएका अस्पतालले जनाएका हो । 

चौरसियाको उपचारको क्रममा निधन भएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनु भयो ।

उनको न्युरो अस्पतालमा अईसियूमा राखेर उपचार चलिरहेको थियो । टाउकोमा  बासको चिरपटोले हिर्काएको र त्यसको चोट गहिरो रहेको अस्पतालले जनायो । उनको टाउकोमा ठुलो चोट लागेर अत्याधिक रगत बगेको अस्पतालले जनाएको छ ।

नेकपाको एउटा पक्षले ६ असोजमा  गाउँपालिकाको वडा नम्बर ५ प्रसौनीभाठा गाउँपालिका कमिटीकोलागि शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको थियो । कमिटिको शपथ ग्रहण कार्यक्रममा असन्तुष्ट पक्षले आएर आफुलाई नासमेटिएको भन्दै विरोध गरेपछि झडप भएको थियो । झडपमा परेर दुवै पक्षका आठ जना व्यक्ति घाइते भएका थिए ।

प्रहरीले झडपमा रहेका केहि व्यक्तिलाई पक्राउ समेत गरेको छ । चौरसिया तत्कालिन माओवादी केन्द्रबाट गाउँपालिकामा वडा नं. २ को वडा अध्यक्षका उम्मेदवार समेत थिए । चौरसिया पार्टीको जिल्ला कमिटीका  सदस्य तथा गाउँपालिका कमिटीका सचिव समेत हुन । यसैवीच नेकपाका नेता चीरन्जीवी आर्चायले घटना प्रति दुःख ब्यक्त गर्नु भएको छ । उहाँले घटनाका बारेमा निष्पक्षा छानवीन गरि दोषीलाई कानूनी दायरामा ल्याउन समेत स्थानीय प्रहरी प्रशासनसंग माग गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.