logo

वीरगन्ज महानगरपालिकाद्वारा विद्यालयहरुको अनुगमनलाई निरन्तरता

      11/11/2020 गते 00 00 मा प्रकाशित     968   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमन निरीक्षणलाई निरन्तरता दिएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण लामो समयसम्म बन्द रहेको विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्तिक २३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो ।

विद्यालयहरु संचालमा आएपछि महानगरपालिकाले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको र गरे/नगरेको विषयमा महानगरपालिकाले गत आईतबारदेखि अनुगमन शुरु गरेको हो । सो अनुगमनलाई बुधबार पनि निरन्तरता दिएको हो । वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुले महानगरपालिका, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार पठनपाठन भएको नभएको विषयमा अनुगमन गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

महानगरपालिकाले पाँचवटा टोली बनाएर अनुगमनमा खटिएको र अहिलेसम्म अनुगमन गरेका विद्यालयहरुले महानगरपालिकाले तोकेको मापदण्डलाई पालना गरेको पाईएको अनुगमनमा सहमागि वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए । उनका अनुसार विद्यालय खुलेको जानकारी पाएपछि सबै विद्यार्थी विद्यालयमा पढ्न आएपछि कतिपय विद्यालयहरुमा सामाजिक दूरी कायम गर्न समस्या उत्पन्न भएको पाईएको पनि बताए ।

महानगरपालिकाले मुख्यगरी मास्क लगाउने, सामाजिक दूरी राख्ने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाको विषयमा अनुगमन गरेको र कतिपय विद्यालयहरुमा आवश्यक मास्क, सेनिटाईजर र साबुन समेत वितरण गरिएको लामिछानेले बताए । वीरगन्ज महानगरभित्र ३४ वटा आधारभूत र माध्यामिक तहका विद्यालयहरु रहेका छन् । ती मध्य कक्षा ८, ९ र १० को पठनपाठन हुने माध्यामिक तहका विद्यालयहरुमा अनुगमन निरीक्षण भएको हो ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.