logo

दीपावली मनाउन बालीएको दीपबाट सल्केर आगलागी हुदा पर्सामा एक बालिकाको ज्यान गयो, सर्लाहीमा लाखौको क्षती

      11/15/2020 गते 00 00 मा प्रकाशित     938   पटक पढिएको

दिपावली मनाउँन बालिएको दियोले आगो लाग्दा बहुदरमाई नगरपालिकाको रामनगरीमा एक १५ वर्षिया वालिकाको मृत्यु भएको छ ।  मनबोध साहको खरको घरमा आगलगी भएको थियो । त्यही आगलागीमा परेर उनको छोरी मनाको मृत्यु भएको प्रहरी निरिक्षक दीपक थापाले बताउनु भयो । 

मृत्यु भएको युवतीको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताउनु भयो  ।

राती १० बजेको करिबमा भएको आगलगीले घरमा रहेको लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरको क्षति समेत भएको  मनबोध साहले जानकारी दिनु भयो  । मना आगलागी भएको घरमा एक्लै सुतेको  र निस्कन नसकेकोले उनको मृत्यु भएको स्थानीयको भनाई छ । 

त्यस्तै  शनिबार राती सर्लाहीको बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको छ । राती साँढे आठ बजेतिर भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–१ निवासी निरज साहको गोठ घरमा बालेको मैनबत्तीबाट सल्केको आगोले गोठ एवं गोठ भित्र रहेका एक पाडो र चारवटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शनिबार राती आठ बजे बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा रहेको जुत्ताचप्पल पसलमा आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–९ निवासी मनोज कुशवारको गन्तब्य शू सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

त्यस्तै शनिबार साँझ सबा सात बजे गोडैता नगरपालिका–८ मा रोकी राखेको ना. ७ ख ३५१५ नम्बरको बसमा सोही बसकै ब्याट्रीको करेन्ट सट भई आगो लागी हुँदा झण्डै १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.