logo

नेकपाका दुबै क्याप्टेनकावीचमा सम्वादहिनता टुटेकोले पार्टी भित्रको प्रतिकूलता हटेको छः मंत्री भट्टराई

      11/19/2020 गते 00 00 मा प्रकाशित     856   पटक पढिएको

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मंत्री योगेश भट्टाईले नेकपा भित्र देखिएको संकट समाधानउन्मुख रहेको बताउनु भएको छ ।

 

एक प्रदेश एक सास्कृतिक पर्व बिषयक अन्तरक्रियामा भाग लिन बीरगंज आउनु भएका मंत्री भट्टराईले नेकपारुपी बिमान, मौसमा आएको प्रतिकूलतामा डगमगाए जस्तो भएको उपमा दिदै बिमानमा रहेका दुबै क्याप्टेनका वीचमा सम्वाद शुरु भएको र प्रतिकुलता हटेको प्रष्ट पार्नु भयो । 


उहाँले पार्टी अध्यक्षहरुकावीचमा सम्वादहिनता जस्तो थियो अव त्यो सम्वाद शुरु भएको छ समस्याहरुको हल निस्कने र पार्टी नफूटने दावी गर्नु भयो ।

 

पार्टीको स्थायी कमिटीका सदस्य समेत रहनु भएका भट्टराईले आजै बीरगंज स्थित जिल्ला पार्टी कार्यालयमा  पार्टीका नेताहरु सम्बोधन गर्नु भएको थियो । उहाँले हिमाल पारी र मैदान पारीले पार्टी फूटाउने नभई पार्टी फूटाउने र जोगाउने शक्ति कार्यकर्तामा रहेको बताउनु भयो । उहाँले समस्या टुप्पीतिर रहेको बताउदै कार्यकर्तालाई अन्तरबिरोधको पक्षमा नभई पार्टीको एकताको पक्षमा उभिन अपिल गर्नु भयो ।  


उहाँले दक्षिण वा उत्तरको सक्रियताले फुट्ने वा जुट्ने नभई नेता कार्यकर्ताको हातमा नै पार्टीको भविष्य रहेको जोड दिनु भयो  । उहाँले नेकपा नेपालको मौलीक सीप र प्रविधिले एक भएको भन्दै  आयातीत कुराले नेकपामा  असर नपर्ने तर  यो पार्टी विकास हुने हो वा विनाश हुने पार्टी भित्रैबाट हुने हो भन्नु भयो।

 

’उहाँले पार्टी कार्यकर्तालाई समस्यालाई थप उत्तेजीत बनाउने गरि पेट्रोल छर्किने काम नगर्न आग्रह गर्नु भयो । उहाँलेले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्नु पनेृ बताउनु भयो ।


एक प्रदेश एक सांस्कृति पर्व सम्वन्धमा आयोजना गरिएको अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागि हुनु भएका मंत्री भट्टराईले छठ नेपालकै साझा पर्वको रुपमा रहेको बताउनु भयो । उहाँले नेपाल सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन लागि परेको चर्चा गर्नु भयो ।

 

उहाँले संबिधानत संघीयतामा अधिकार र स्रोतको बाटफाँट भएको अवस्थामा संघ प्रदेश र स्थानीय सरकारको सहकार्यमा मात्र सम्बृद्ध नेपाल र सुखी नेपालीको नाराले साकार रुप लिने बताउनु भयो ।

 

मिल्दाखेरी राम्रो गर्न सकिने बीरगंजको कोरोना नियनत्रणको मोडेललाई नमुनाको रुपमा चर्चा गर्दै मंत्री भट्टराईले भन्नु भयो “नेपाल सरकार र प्रदेश २ को सरकारसंग अत्यधिक घनिष्टता रहेको छ आउने दिनमा प्रदेश २ को गरिवी पछौटेपन अन्त्यकालागि नेपाल सरकार, प्रदेश सरकारको साथमै रहेर काम गर्छ ।


उहाँले प्रदेश २ को निजगढमा अन्तराष्ट्रीय बिमानस्थल बनाउने , प्रदेश २ लाई धार्मिक पर्यटकको गन्तब्य केन्द्र बनाउने गरि नेपाल सरकारले काम गर्ने जानकारी दिनु भयो । उहाँले प्रदेश २ का बहुसख्यक नागरिकले मानाउे छठ पर्वलाई प्रदेशको  प्रमुख सांस्कृतिक पर्वको रुपमा मनाउने प्रदेश सरकारसंगको सहकार्यमा तय भएको बताउदै उहाँले सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताउनु भयो । 

 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का मूख्यमंत्री लालबाबु राउत गद्धीले छठकालागि आवश्यक नादी पोखरी र तलाउको संरक्षणमा प्रदेश सरकारले ध्यान दिइरहेको बताउनु भयो ।

 

उहाँले छठ पर्वमा आवश्यक हुने सरदम हाम्रै खेत खरियानमा उत्पादन गरिने कृषि उपज रहेको चर्चा गर्दै छठले प्रकृति र श्रमको उच्च सम्मान गरेको बताउनु भयो । कार्यक्रममा पत्रकार चन्द्रकिशोरले छठ पर्वको ऐतिहासिक तथा सांस्कृति महत्वको बारेमा प्रकाश पार्नु भएको थियो । 


कार्यक्रमा संघीय संसद तथा प्रदेश सभाका सदस्यहरु राजनीतिक दलका स्थानीय नेताहरुको  सहभागिता रहेको थियो । कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले मंत्री भट्टराई र मुख्यमंत्री राउतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा स्थानीय कलाकारले छठ सम्बन्धी गीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन सलाृदिन अहमदले गनुृ भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.