logo

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, मुख्य अभियुक्त चौरसिया पक्राउ 

      11/22/2020 गते 00 00 मा प्रकाशित     1949   पटक पढिएको

नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका मुख्य आरोपी  अखिलेश चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।  


बिन्दवासीनी गाउँपालिका  वडा नं ५ प्रसौनीमा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा मुकेश चौरसियाको हत्या भएको थियो ।

दाहोरो झडपमा पार्टीका गाउँपालिका सचिव एवं जिल्ला कमिटीका सदस्य मुकेश चौसियाको हत्या भएको थियो । त्यतीबेला भएको झडपको सार्वजनीक भएको भिडियो फूटेजमा चौरसियालाई बाँसले प्रहार गर्ने अखिलेश चौरसिया रहेको बताइएको छ ।

 

चौरसिया मुख्य अभियुक्त भएको प्रहरी स्रोतले जनाएको छ । तिनै चौरसियालाई प्रहरीले आज र्सिसियाबाट त्रफाउ गरेको छ । 


दुइ पक्षवीच भएको झडपमा परि घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा बीरगंजको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा कार्तिक ७ गते  साढे १२ बजे निधन भएको थियो ।

 

चौरसियाको निधन पछि जाहेरी दर्ताको बिषयलाई लिएर नेकपाको एउटा समुहले सडक आन्दोलन गरेको थियो । घटनामा भौतीक रुपमा सहभागि नरहेका नेकपाका युवा नेता संबिधान सभाका सदस्य राजकुमार गुप्तालाई प्रमुख अभियुक्तको रुपमा कारवाहीको माँग गर्दै किटानी जाहेरी दिन खोजेर घटनालाई चरम राजनीतिकरण गरिएको थियो ।

 

प्रहरीले जाहेरीका बिषयमा पीडित पक्षलाई परामर्श दिए पनि दोश्रो पटक प्रहरी कार्यालयमा जाहेरी दिइएको थिएन । पहिलो पटक जाहेरी आयो एक प्रहरी अधिकारीले भने “हामीले केही कुराहरु सुधार गरौ अनुसन्धानको क्रममा खुल्ने कुराहरु अनुसन्धानको अगं हुने बतायौ तर त्यसपछि उाहाँहरु आउनु भएन ”।

 

राजकुमार गुप्ताको नाममा प्रतिशोधपूर्ण राजनीति गर्दै प्रधानमंत्रीलाई जोडेर जाहेरी दर्ता नभएको भन्दै सडकमा प्रर्दशन गरियो । जाहेरी दर्ताको माँग गर्दै गरिएको प्रर्दशनमा पर्साका प्रहरी प्रमुखको दिनहु पुत्ला जलाइयो । तर कार्तिक १६ गते जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत जाहेरी दर्ता भयो । 


यस अघिनै घटनामा संलगन् रहेको आरोपमा उत्तम तिवारी पक्राउ परेका छन । घटना भएकै दिनमा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


आज प्रहरीले घटनाका एक प्रमुख ब्यक्ति अखिलेश चौरसिया भनिने अशेश्वर चौरसियालाई पक्राउ गरेको छ । चौरसिया पक्राउ संगै मुकेश चौरसिया हत्या प्रकरणमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.