logo

वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित, संघसंस्थाद्वारा प्राधिकरणको ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ सावन १६ गते ०६: ५९ मा प्रकाशित     398   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगर वडा नं १४ को नयाबस्ती पिप्राका स्थानीयले नेपाल बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्रमा बिधुत आपूर्तीको माँग गर्दै निवेदन दर्ता गराएका छन ।

नयाँबस्तीमा रातको समयमा दुईवटा प्लास्टिक उधोग संचालनमा आउदा घरायसी ग्राहकको बिजुली सेवा ड्रपिङ गर्ने गरेकोले समस्या भएको नयाँबस्तीका श्याम श्रेष्ठले बताए ।

birgunj-bidhut-pradhikaran-electricity.jpg

लिंकरोड टोलबिकास समिति पिप्राका अध्यक्ष हरि गौतम सहितको टोलीले प्राधिकरणको बितरण केन्द्रमा पुगेर निवेदन दर्ता गराएका हुन ।
एउटै ट्रान्समिटरबाट दुईवटा उधोग चल्दै आएको र रातको समयमा उधोगको हिटर चलाउदा घरायसी उपभोक्ताहरुको बिधुत आपूर्ती ट्रिपिङ गरेका कारण समस्या आएको निवेदनमा उल्लेख छ ।

 

निवेदनमा उधोग संचालनकालागि बैकल्पीक ब्यवस्था गरि बिधुत आपूर्तीको अवस्था नियमित बनाउन समितिले माँग गरेको छ । कार्यालयले ४४ नम्बरमा निवेदन दर्ता गरेर आवश्यक कारवाही शुरु गरिएको जनाउ दिएको छ ।


यस्तै समस्या र बिधुत आपूर्तीमा भइरहेको कटौतीका कारण बीरगंजबासी समस्यामा परेका छन ।

वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आक्रोशित समेत भएका छन ।


अत्यधिक गर्मी बढेपनि पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् ।

 

वीरगञ्जमा विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन ।

वीरगञ्जसहित पर्साभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो ।

तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरुले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ ।

अहिले अधिकांश तराई क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेको स्वीकारोक्ति छ । गर्मी बढेसंगै बिधुतको लोड बढेको लोडकै कारण कतिपय ठाउँमा आगो लाग्ने कहि तार जल्ने गर्दा मर्मतकालागि काम गर्दा लाइन काट्नु परेको बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.