logo

वीरगञ्जमा विद्युत कटौतीले सर्वसाधारण आजित, संघसंस्थाद्वारा प्राधिकरणको ध्यानाकर्षण

 इसीमाना सम्वाददाता     २०८१ सावन १६ गते ०६: ५९ मा प्रकाशित     491   पटक पढिएको

वीरगञ्ज । बीरगंज महानगर वडा नं १४ को नयाबस्ती पिप्राका स्थानीयले नेपाल बिधुत प्राधिकरण बीरगंज बितरण केन्द्रमा बिधुत आपूर्तीको माँग गर्दै निवेदन दर्ता गराएका छन ।

नयाँबस्तीमा रातको समयमा दुईवटा प्लास्टिक उधोग संचालनमा आउदा घरायसी ग्राहकको बिजुली सेवा ड्रपिङ गर्ने गरेकोले समस्या भएको नयाँबस्तीका श्याम श्रेष्ठले बताए ।

birgunj-bidhut-pradhikaran-electricity.jpg

लिंकरोड टोलबिकास समिति पिप्राका अध्यक्ष हरि गौतम सहितको टोलीले प्राधिकरणको बितरण केन्द्रमा पुगेर निवेदन दर्ता गराएका हुन ।
एउटै ट्रान्समिटरबाट दुईवटा उधोग चल्दै आएको र रातको समयमा उधोगको हिटर चलाउदा घरायसी उपभोक्ताहरुको बिधुत आपूर्ती ट्रिपिङ गरेका कारण समस्या आएको निवेदनमा उल्लेख छ ।

 

निवेदनमा उधोग संचालनकालागि बैकल्पीक ब्यवस्था गरि बिधुत आपूर्तीको अवस्था नियमित बनाउन समितिले माँग गरेको छ । कार्यालयले ४४ नम्बरमा निवेदन दर्ता गरेर आवश्यक कारवाही शुरु गरिएको जनाउ दिएको छ ।


यस्तै समस्या र बिधुत आपूर्तीमा भइरहेको कटौतीका कारण बीरगंजबासी समस्यामा परेका छन ।

वर्षायाममा नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाले पर्याप्त मात्रामा विद्युत उत्पादन गरेपनि यहाँका घरासयी र औद्योगिक ग्राहकहरु दिनहुँ विद्युत कटौती हुने समस्याबाट आक्रोशित समेत भएका छन ।


अत्यधिक गर्मी बढेपनि पटक–पटक हुने लोडसेडिङले सर्वसाधारणको दैनिकी अस्तव्यस्त बनेको छ । वीरगञ्ज महानगरको बजार क्षेत्रमा बिजुली कति बेला आउने र जाने कुनै निश्चित छैन । नियमित बिजुली नहुँदा सर्वसाधारण गर्मीमा बस्न बाध्य छन् ।

 

वीरगञ्जमा विद्युत नियमित आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । गर्मीकै कारण वीरगञ्ज महानगर आसपासमा एसी तथा पङ्खा नचलाई बस्न सकिने अवस्था छैन ।

वीरगञ्जसहित पर्साभरि विद्युत् आपूर्तिका समस्यालाई मध्यनजर गर्दे नेपाल तरुण दल पर्साले मङ्गलबार नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा पुगेर ध्यानाकर्षण गराएको थियो ।

तरुण दल पर्साका सभापति विकास तिवारी नेतृत्वको टोलीले विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेलाई ज्ञापनपत्र बुझाएको हो । उनीहरुले विद्युत् आपूर्तिमा देखिएको समस्या तत्कालै सम्बोधन गर्न माग गरेका थिए । सर्वसाधारणको घरमा मात्रै होइन, बारा–पर्साको औद्योगिक क्षेत्रमा पनि विद्युत कटौतीको समस्या उस्तै छ ।

अहिले अधिकांश तराई क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या रहेको नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अबधेशकुमार दुबेको स्वीकारोक्ति छ । गर्मी बढेसंगै बिधुतको लोड बढेको लोडकै कारण कतिपय ठाउँमा आगो लाग्ने कहि तार जल्ने गर्दा मर्मतकालागि काम गर्दा लाइन काट्नु परेको बताए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.