logo

सम्बिधान संशोधन एमाले कांग्रेसको साझा ऐजेण्डा होः प्रधानमंत्री ओली

 इसीमाना सम्बाददाता      २०८१ सावन २० गते १८: ०१ मा प्रकाशित     378   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले भित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन ।


आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताए । लोकतन्त्रको नाममा पार्टी भित्र गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पारे ।


अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पारे । उनले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गरे ।


नेकपा एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताए ।


ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताए । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।


जालझेल पक्ष विपक्ष र गुटबन्दी गरेर कोही पनि सफल नहुने उनले बताए । जालझेल र गुटबन्दीको दायर सानो हुने भएकोले त्यो केही समयमा नै टुट्ने ओलीको भनाइ छ । जत्रो ठुलो भए पनि जालले समुन्द्र समेट्न नसकिने उनले स्पष्ट पारे ।


नेकपा एमाले सबै खालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको ओलीले बताए ।


ओलीले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताए । अहिलेको समीकरण लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने ओलीले प्रष्ट पारे।

देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गरिने बताउँदै ओलीले संविधान संशोधन कांग्रेस र एमालेको संयुक्त एजेण्डा भएको बताए । संविधान संशोधन अग्रगमन र देशको राजनीतिक अस्थिरताको निकासका लागि हुने पनि उनले प्रष्ट पारे । ‘लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन’, उनले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.