logo

सम्बिधान संशोधन एमाले कांग्रेसको साझा ऐजेण्डा होः प्रधानमंत्री ओली

 इसीमाना सम्बाददाता      २०८१ सावन २० गते १८: ०१ मा प्रकाशित     289   पटक पढिएको

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले भित्र कुनै गुट नभएको र गुटबन्दी स्वीकार्य नरहेको बताएका छन ।


आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रममा बोल्दै ओलीले गलत विचार बोकेर, गलत बाटो हिँडेर, गलत व्यवहार, गलत आचरण गरेर पार्टी अघि नबढ्ने बताए । लोकतन्त्रको नाममा पार्टी भित्र गुटबन्दी गरेर कुनै पनि पार्टी उँभो नलाग्ने ओलीले प्रष्ट पारे ।


अरूका पार्टीमा आफूले केही बताउन नचाहे पनि एमालेमा गुटबन्दी स्वीकार्य नभएको ओलीले प्रष्ट पारे । उनले कसैले उचालेको भरमा गुटबन्दीमा नलाग्न नेताहरूलाई निर्देशन गरे ।


नेकपा एमाले विभाजित हुनको पछि पनि त्यही गुटबन्दी कारक बनेको ओलीले बताए ।


ओलीले पार्टीलाई सफल बनाउन र आफू पनि सफल बन्न इमानदारिताको साथ काम गर्नुपर्ने बताए । पार्टीमा निष्ठापूर्वक सक्रियताको साथ काम गर्नुपर्नेमा उनले जोड दिए ।


जालझेल पक्ष विपक्ष र गुटबन्दी गरेर कोही पनि सफल नहुने उनले बताए । जालझेल र गुटबन्दीको दायर सानो हुने भएकोले त्यो केही समयमा नै टुट्ने ओलीको भनाइ छ । जत्रो ठुलो भए पनि जालले समुन्द्र समेट्न नसकिने उनले स्पष्ट पारे ।


नेकपा एमाले सबै खालका षडयन्त्र चिर्दै अहिलेको अवस्थामा आएको ओलीले बताए ।


ओलीले वर्तमान सरकार कुनै स्टन्टबाजीको लागि नबनेको बताए । अहिलेको समीकरण लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको समीकरण भएकाले स्टन्टबाजीको रूपमा कुनै विचार पनि प्रस्तुत नगर्ने ओलीले प्रष्ट पारे।

देश र जनताको आवश्यकताको आधारमा संविधान संशोधन गरिने बताउँदै ओलीले संविधान संशोधन कांग्रेस र एमालेको संयुक्त एजेण्डा भएको बताए । संविधान संशोधन अग्रगमन र देशको राजनीतिक अस्थिरताको निकासका लागि हुने पनि उनले प्रष्ट पारे । ‘लोकतन्त्रका लागि लडेर आएका पार्टीहरूको एजेण्डा हो संविधान संशोधन’, उनले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.