logo

बाराको बरियारपुरमा औषधी पसलहरुमा अनुगमन मापदण्ड बिपरितका ६ पसल बन्द गरिए

      12/4/2020 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

अनधिकृत रुपमा संचालनमा रहेका ६ वटा औषधी पसल तथा उपचार केन्द्रलाई औषधी ब्यवस्था बिभाग बीरगंजले बन्द गरेको छ । बारा जिललाको बरियारपुरमा रहेका पसल तथा उपचार केन्द्र मापदण्ड बिपरितको रहेकोले बन्द गरिएको बिभागको बीरगंज कार्यालयले जनाएको छ । 

औषधी बिक्रीवितरण तथा स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा बनेका ऐन नियमहरुको पालना नगरी संचालीत ६ वटा औषधी पसल तथा क्लिनिक बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयले जनाएको छ ।

 

प्राथमिक स्वास्थ्य सेवा क्लिनिक, गोविन्द हेल्थ क्लिनिक, कुशवाह भेट फर्मा, सपना स्वास्थ्य क्लिनिक, तरुण भेट फर्मा र ठाकुर सर्जीकल बन्द गरिएको औषधी व्यवस्था विभागको वीरगञ्ज कार्यालयका निमित्त प्रमुख भाग्य नारायण सिंहले जानकारी दिनुभयो ।

 

जिल्ला प्रशासन कार्यालय बारा, औषधी व्यवस्था विभागको वीरगञ्जस्थित कार्यालय र बरियारपुर प्रहरी चौकीको संयुक्त टोलीले बिहीबार बरियारपुर बजारमा अनुगमन गरेको थियो ।

 

अनुगमनका क्रममा ती औषधी पसल तथा क्लिनिकहरुमध्ये कतिपयले नेपालमा प्रतिबन्धित औषधी राखेर बिक्री गर्ने गरेको, औषधी व्यवस्था दर्ता नभएको, सिएमए, एचएहरुले औषधी पसल सञ्चालन गरेको र म्याद गुज्रेका औषधी फेला परेको औषधी निरीक्षक दिपेन्द्र कुमार साहले बताउनुभयो ।

 

पसल खोले नखोलेको निगरानी गर्न प्रहरीलाई भनिएको र पसल संचालकहरुलाई कागजात प्रमाणहरु लिएर वीरगञ्ज कार्यालयमा आउन भनिएको उँहाले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.