logo

मधेशको प्रहरी प्रशासन केन्द्रीय शक्ति र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको छः मुख्यमंत्री सिंह

 इसीमाना सम्बाददाता      २०८१ भदौ २ गते १८: ३५ मा प्रकाशित     498   पटक पढिएको

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफनो प्रदेशमा ब्यापक तस्किरी भइरहेको बताएका छन । आइतवार जनकपुरधामको एक होटलमा नेपाल भारतको सम्बन्ध बारे आयोजित एक कार्यक्रममा उनले यस्तो भनेका हुन ।

मधेशका डीआईजीद्वारा यज्ञबिनोद पोख्रेलले मधेश प्रदेशका ८ जिल्लामा ४२ घुमुवा परिचालन गरेको मालदार थाना रचौकीमा धमाधम काज सरुवा गरेको समाचार प्रकाशन भएकै बेला प्रदेश सरकारका प्रमुख सिंहको यस्तो अभिब्यक्ति आउनुलाई बडो अर्थपूर्ण रुपमा हेरिएको छ ।


मुख्यमंत्री सिंहले नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिका माथि गमिभर प्रश्न मात्र उठाएका छैनन उनीहरु पेशागत उत्तरदायित्वबाट समेत च्यूत भएको तर्फ संकेत गरेका छन ।

 

सिंहले रातोरात गाडीको गाडीको गाडी तस्करी हुन्छ भने । तस्करीका कारण सरकारले पाउनु पर्ने राजस्व समेत नपाएको उनको भनाई छ ।

 

उनले यो सबै घटनाक्रममा आफू रमिते हुनु बाहेक अरु केही गर्न नसकिएको बताएका थिए ।

 

मुख्यमंत्रीको भनाईमा प्रहरी र प्रशासन आफनो मातहतमा नभएको र केन्द्रको नियन्त्रण र निर्देशनमा भएकोले आफूहरुको केही नलागेको दिग्दारी समेत झल्किन्थ्यो ।


मुख्यमंत्री संहले गम्भिर रुपमा एउटा प्रश्न गरे । एक बोरा मलखाद्य समात्न सक्ने प्रहरीले तस्किरीको गाडीका गाडी किन नसमातेको भन्दै मधेश प्रदेश प्रहरी नेतृत्व उपर गम्भिर प्रश्न खडा गरे ।

 

त्यती मात्र होइन प्रहरी प्रशासन केन्द्रीय शक्ति र पहुँचको आधारमा तस्करी गर्न लगाएर असुली गरिरहेको समेत आरोप लगाए ।

 

प्रदेशको कार्यकारी अधिकार प्राप्त मुख्यमंत्रीले आफनो प्रदेशमा प्रहरी प्रशासनको आडमा तस्करी भएको बताएर उनले दुबै प्रहरी संगठनको प्रदेश नेतउत्वलाई नैतीक संकट खडा गरेका छन ।

 

अझ नेपाल प्रहरीका डिआइजी यज्ञबिनोद पोख्रेलले प्रदेश भरि रकम असुलीका निम्ति घुमुवा परिचालन गरेकोले मुख्यमंत्रीको आरोपलाई समेत बल पुगको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.