logo

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा मालपोत कार्यालय बीरगंजका प्रमुख झा पनि समातिए

      12/9/2020 गते 00 00 मा प्रकाशित     2030   पटक पढिएको

बीरगंज मालपोत कार्यालयका प्रमुख सुमन झालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो।

 

किर्ते जालसाज मुद्दामा प्रहरीले यसअघि मालपोत कार्यालयका नासु श्रीनारायण साहलाई पक्राउ गरिसकेको छ।

वीरगंज महानगर–५ मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते गरी नामसारी भएको प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत सुमन झालाई प्रहरीले पक्राउ गरेको छ।


काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३/८ वर्गमिटर, कित्ता नं १८६ को १०३/४ वर्गमिटर र कित्ता नं १४३ को ८६/१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो।

स्व.गोपाल र स्व.कमला राजभण्डारीका तीनजना नक्कली छोरा बनाएर मुकेश भन्ने केवलप्रताप राणाले केही व्यक्तिको संलग्नतामा किर्ते जालसाजी गरि आफै मुकेशराज भण्डारी बनेर जग्गा रजिष्ट्रेशन पास गराश्एका थिए ।  

मुकेश राजभण्डारी बन्ने केवलप्रताप राणालाई सीआइवीले असोज २५ मा पक्राउ गरि  बीरगंज पठाएको थियो । उनको गिरफ्तारीपछि दुईजना लेखनदास प्रमेश साह र अमर साह, व्यवसायी गिरधारीलाल अग्रवाल, जग्गा कारोबारी कालिकामाई गाउँपालिका–५ निवासी विश्वास तिवारीलाई पक्राउ गरेको छ।

 किर्ते जालसाज मुद्दामा प्रहरीले नामसारी गर्ने काममा संलग्न सम्बन्धित फाँटका ६ जनाको सूची बनाएको र त्यसमध्ये प्रमुख मालपोत अधिकृत झा र नासु साहलाई पक्राउ गरिसकेको छ। यो घटनामा प्रहरीले अहिलेसम्म सातजनालाई पक्राउ गरेको  छ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

१२ वर्षिय  यादव सात दिन देखी बेपत्ता, खोजीकालागि प्रहरीमा निवेदन

बर्दिवास । आफनो १२ वर्षिय छोरा सात दिन देखी सम्पर्क बिहिन भएपछि एक दम्पतीले खोजी गर्न प्रहरीलाई गुहार लगाएको छ ।

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.