logo

सीमानाकामा नागरिकलाई दुःख कष्ट नहुने गरी काम गर्न मधेश प्रदेशका गृहमन्त्रीको निर्देशन

 ईसिमाना सम्वाददाता     २०८१ भदौ १८ गते ०८: २० मा प्रकाशित     750   पटक पढिएको

जनकपुरधाम। मधेश प्रदेशका गृह सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले नेपाल र भारतको सिमा नाका भएर आउजाउ गर्ने आमनागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने गरी कामकाज गर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।


धनुषा जिल्लाको जटही नाकाको मंगलबार निरिक्षण गर्न पुगेका मन्त्री लेखीले यस प्रकारको निर्देशन दिनु भएको हो ।

उहाँले सिमानाकामा प्रहरीले चेकजाँचको नाँउमा तस्करहरु भन्दा बढी आमनागरिकलाई दुःख दिन्छ भने जनगुनासो वेलावेलामा आइराखेकोले नागरिकलाई कुनै प्रकारको दुःख कष्ट नहुने किसिमले प्रतिबद्ध भएर प्रहरीले काम गर्नु पर्ने बताउनु भयो ।


उहाँले निरिक्षणको क्रममा आफनो भवन नभएर सशस्त्र प्रहरी जवानहरुलाई समेत बास बस्न र कामकाज गर्नमा समस्या देखिएकोले भवन निमार्णका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।


अनुगमणका क्रममा मन्त्री लेखीलाई धनुषाका सशस्त्र प्रहरी उपरिक्षक दर्शन गिरीले नाकामा हुने चेक जाँच र आवत जावत हुने सवारी साधन वाट उठने राजश्वको साथसाथै नेपाल भारतको सिमास्तम्भहरुको वारेमा जानकारी गराउनु भएको थियो ।

अनुगमण टोलीमा गृहमन्त्रालयका सचिव बिरेन्द्र यादव ,सशस्त्र प्रहरीका डिआजी काली दास धवजी,अनुसन्धानका डिआजी माधव तिमिलसिना सहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.