logo

स्काईलाइन मल हालसाविककालागि नापी हुने , फिल्ड कर्मचारी खटिए,शम्भु कलवारले आदर्शनगर बेचेको खुलाशा, मललाई करोडौ तिर्नु पर्ने

मालपोत कार्यालय प्रमुख निरौलाले कुन स्वार्थका कारण लेखे चिठ्ठी ?

 इसीमाना सम्वाददाता     २०८१ भदौ १९ गते ०९: ४३ मा प्रकाशित     659   पटक पढिएको

बीरगंज । स्काइलाइन इन्फ्रा प्रा.ली.ले चर्चेको जग्गा सम्बन्धमा नापी कार्यालय पर्साले नापजाँच गर्ने भएको छ । हालसाविक माँग भएबमोजीमा नापी कार्यालयले नापजाँचकालागि फिल्डमा प्राविधिक कर्मचारी खटाएको छ ।

cc09ccbd-9fb9-4fc3-9b40-740ad44b3b57-chqxkmfwxv7xmnwbfislxfxsuodybqb15kbc5tqt-2iuNrUY3rIcmqw1dTJXTjlCu37aaaLtFRrl6I8r3.jfif

नापी कार्यालयले साविक पर्सा जिल्ला श्रीपुर ९( ख) को कित्ता नं १४ को ९ कठ्ठा र कित्ता नं १५ को २ कठ्ठा ६ धुर नाप्ने भएको हो । कित्ता नं १४ भनेको होटेल पुजन ,होटेल कन्ट्री इन र नविल बैंकले चर्चेको जमिन हो ।


कार्यालयले स्थलगत बुझ्नकालागि संधियारहरुको रोहवरमा भदौ २० गते स्थलगत सर्जमीनकालागि प्राविधिक कर्मचारी संजय झालाई खटाएको छ । झा ले स्थलगत अध्ययन र नापजाँच गरि प्रतिवेदन दिनु पर्ने कार्यादेश तोकिएको छ ।

 


बीरगंज महानगरपालिकाको वडा नं १० मा स्काइलाइन इन्फ्रा प्रा.ली.ले निर्माण गरेको स्काईलाइन मल अर्काकै जमीनमा निर्माण भएको बिषयमा ईसीमाना डटकमले लगातार समाचार प्रकाशन गर्दै आएको छ ।

आदर्श निर्माण समितिले अधिग्रहण गरि बेचेको प्लटमा स्काइलाईन मल निर्माण भएको दावी एकातिर छ भने अर्को तिर स्ववासी दर्ता गरिएको प्लट स्काईलाइन इन्फ्रा प्रा.ली.लाई बिक्री गरिएको तथ्यले देखाएको छ ।

 

शम्भु प्रसाद कलवारले १४ धुर जमीन स्ववासी दार्ता गराएका छन । स्वासी भनेको ऐलानी तर लामो समयदेखी भोग चलन गरि आएको जग्गा हो ।

 

तराई र काठमाण्डौको घना बस्ती भएको ठाउमा मात्र स्वबासी दर्ताको इजाजत थियो । शम्भु कलवारले मल लाई बेचेको जमिन स्वबासी दर्ता हो भने अधिग्रहण गरिएको जमिन चाही कुन हो भन्ने प्रश्न उठेको छ ।

तत्कालीन बीरगंज नगर पंचायतले निर्माण गरेको आर्दश नगर निर्माण समितिको प्लटमा उल्लेख गरिएको प्लट न ८४०, ४१,४२, र ४३ अस्वीकृत प्लट हुन ।

अधिग्रहण गरेर दाखिल खारेज गरिएका किता होइनन । अवादी नभएर खाली रहेको आदर्शनगरमा नगर पंचायतले प्लट बनाएको मात्र हो ।

त्यसको बैधानिकता भने सुनिश्चत नभएको देखिन्छ । तर भूमाफियाले त्यही प्लट देखाएर एउटाको जग्गा अर्कोको नाममा बेच्ने काम गरेको छ त्यसको शिकार स्काइलाइन इन्फ्रा प्रा.ली.भएको देखिन्छ ।

स्काइलाइन इन्फ्रा प्र.ली.लाई जग्गा बेच्नेहरु नै यो माफिया करणका मुख्य पात्र हुन । लक्ष्मी कलवार भनेर चिनिने शम्भू कलवार मुख्य खेलाडी हुन भने निलम अग्रवाल अर्को पात्र हुन ।

अग्रवाल बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल की धर्मपत्नी हुन । शम्भु कलवार भने यो सबै प्रपन्चका त्यस्ता खेलाडी हुन नगरपंचायतको अस्वीकृत प्लट देखाएर जग्गा बेच्ने एक्ला खेलाडी हुन ।

 

यिनकै षडयन्त्रको दुष्चक्रमा स्काईलाईन इनफ्रा प्रा.ली. पनि परेको छ ।

अधिग्रहणका बिषयमा यस अघि बीरगंज उपमहानगरपालिकाले २ पटक मालपोत कार्यालयलाई पत्र लेखेर सकाईलाईन इन्फ्रा प्रा.ली.निर्माण भएको जमीन अधिग्रहणमा नपरेको प्रष्ट पारेको छ ।

 

तर बीरगंज महानगरपालिकाले ०८१ साउन १ गते भूमिसुधार तथा ालपोकत कार्यालय बीरगंजलाई एक पत्र लेखी पशुपती आर्दश निर्माण समितिले अधिग्रहण गरेको प्लट नं ८४०,४१,४२ र ४३ समितिले कानून बमोजीम ब्यक्तिहरुलाई बेचेको र उनीहरुले भोग चलन गर्दै आउदा शहरी नापी भई जसले भोग गरेको हो उसैको नाउमा कित्ता नं ५४,५५,५६ र ५७ कायम भएको लेखिएको छ ।

 

सो पत्रमा बीरगंज महानगरका नक्शा फाँट प्रमुख इन्जिनियर गौरब झा ले हस्ताक्षर गरेका छन । महानगरले यो भन्दा अगाडिका २ पत्रका बारेमा के भन्छ ? आफनै कार्यालयको पत्रका बिरुद्ध अर्को पत्र लेख्ने झा कुन लाभाशंद्वारा प्रेरित थिए ? प्रश्न निकै गम्भिर भएर आएको छ ।

 


मालपोत कार्यालयका प्रमुख डमरु निरौला भ्रष्टीकरणका कारण यो बिषय झनै गन्जागोल भएको हो ।

 

मालपोत कार्यालय पर्साले, बीरगंज उपमहगरपालिकालाई ०७२ साल असार १० गते चलानी नम्बर १७४७९ नम्बरको पत्र मार्फत कि.न.१०५ को जग्गा आदर्श नगर निर्माण समिति भित्र परे नपरेको बारेमा लिखित रुपमा सोधेकोे थियो ।

मालपोतले लेखेको पत्रमा अगाडि लेखिएको छ , बीरगंज महानगरपालिकाको चलानी नम्बर ११३ मिति ०७२ साउन ८ गतेको पत्रअनुसार कि.नं. १०५ को जग्गा आदर्शनगर निर्माण समितिमा नपरेको तथा अधिग्रहण समेत नभएको उत्तर प्राप्त भएको थियो ।


तर नापी कार्यालय बीरगंजले कि.न.१०५ को जग्गा प्लटीङ्ग भित्रको भनी उल्लेख गरेकोले कि.न.१०५ प्लटीङ्ग भित्र परे नपरेको, अधिग्रहण भए नभएको पछि सम्म फरक नपर्ने गरि खुलाई पठाई दिनु भनेर पत्र लेखेको छ ।

मालपोत कार्यालय पर्साले यही ब्यहोराको पत्र साविक बीरगंज उपमहानगरपालिकालाई ०७२ असार १० गते पनि लेखेको थियो । उपमहानगरले त्यो भन्दा पहिला ०७२ साल असार ७ गते र ०७२ साउन ८ गतेमा मालपोत कार्यालयलाई जवाफ लेखेर कि.नं.१०५ को जग्गा आदर्शनगर निर्माणकालागि श्री ५ को सरकारले प्रकाशीत गरेको सूचना भित्र नपरेको ,अधिग्रहण समेत नभएको प्रष्ट रुपमा लेखेर जवाफ दिएको छ ।

 

यो तथ्य मालपोत कार्यालयमा हुदा हुदै मालपोत कार्यालयले ०८१ असार ६ गते फेरी बीरगंज महानगरपालिकालाई किन पत्र लेख्यो ? मालपोेतक कार्यालयका प्रमुख डमरु निरौलाको बदनियत यहीनेर देखिन्छ । उनको भ्रष्ट आचरणका कारण यति पत्र लेखियो । उनले यो घटनाको साङ्गो पाङ्गो हल निकाल्नकालागि पत्र लेखेको भए ।

 

महानगरपालिकाले पत्र लेखी सकेपछि मालपोत कार्यालयले महानगरले के आधारमा निर्णय गरेको हो । कुन कर्मचारीलाई जग्गा नामसारीकालागि अधिकार प्रतायोजन गरिएको थियो ।

 

कति गतेको निर्णयका आधारमा जग्गा नामसारी भएको त्यो सबै कागजातको अभिलेख उपलब्ध गराउनु भनेर किन पत्र लेखेनन ? डमरुको स्वार्थका कारण यस्तो पत्र लेखिएन । उनी अनुबन्धित थिए । जसले गर्दा मालपोकत कार्यालय आजको दिन चोरलाई चौतारको जिम्मा लगाए जस्तो भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.