logo

उखु खरिद बापतको करोडौ रुपैया रुपैया किसानलाई भूक्तानी नदिने उधोगपती अग्रवाल गोल्छा र झा बिरुद्ध पक्राउ पूर्जी जारी

      12/17/2020 गते 00 00 मा प्रकाशित     818   पटक पढिएको

उखु किसानको रकम भूक्तानीनदिने चिनीउधोगका संचालक बिरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुने संकेत देखिएको छ । उधोग मंत्री लेखराज भट्टले उधोगीलाई पक्राउ नगर्न दवाव  आएको सर्वजनीक भएसंगै सरकार उधोगपति पक्राउ गर्न सक्रिय भएको छ । 

 सर्लाही जिल्लाको धनकौल स्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेर सरकारी सक्रियता देखाएको हो  ।

उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवाल विरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो सर्लाहीका प्रमुख जिल्ला अधिकारी  सुरेन्द्र पौडेलले जानकारी दिनु भयो ।

 

किसानले दिएको उजुरीका आधारमा पक्राउ पूर्जी जारी गरिएको गरिएको बताउदै पौडेलले अन्नपूर्णले किसानहरुको १७ करोड रुपैंया भुक्तानी गर्न बाँकी रहेको देखिएको बताउनु भयो ।

बुधवार  स्थानीय प्रशासनले पक्राउ पूर्जी जारी गरेपछि सो पूर्जीका आधारमा मुलुकको जुनसकै ठाउँबाट पनि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिन सक्ने एक सुरक्षा अधिकारीले जानकारी दिए ।

 

जिल्लाकै हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग र गोडैताको बगदह स्थित महालक्ष्मी सुगर मिलको भने किसानहरुलाई दिनुपर्ने बक्यौता नरहेको बताईएको छ ।
अन्नपूर्ण चिनी उद्योगले बरहथवा, धनकौल, बलरा, रामनगर, बसबरिया, गोडैता लगायत स्थानीय तहका हजारौं किसानको झण्डै पाँच वर्ष देखिको उखुको भुक्तानी नदिएको किसानहरुले गुनासो गर्दै आएका छन् । 

 

रौतहटको मह्मदपुर गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका थिए । ४६ जना उँखु किसानहरुले सँयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराए पछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ ।

त्यसैगरि श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको सुरक्षा श्रोतले जानकारी दिएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागी आवश्यक समन्वय भइरहेको प्रहरी श्रोतको दाबी छ । श्रीराम सुगर मिल गरुडाले  ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.