logo

बैज्ञानिक पुन किताव बेच्दै गाउँ गाउँमा , कृषि औजार कारखना चलाई छाडने अठोट

 इसीमाना सम्बाददाता      २०८१ भदौ २८ गते १३: ५९ मा प्रकाशित     555   पटक पढिएको

बीरगंज । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका महावीर पुन यतिवेला बीरगंजमा छन । एसियाको नोबेल पुरस्कार भनेर चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ विजेता पनि हुन् पुन ।

 

नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै नेब्रास्काले उनलाई मानार्थ ‘डाक्टर’ उपाधिसमेत दिएको छ ।

 

हो उनै पुन तत्कालीन सोभियत सङ्घको आर्थिक र प्राविधिक सहयोगमा विसं २०२४ फागुन २८ गते सञ्चालनमा आएको वीरगञ्जस्थित कृषि औजार कारखाना पून सञ्चालनमा ल्याउन लागि परेका छन ।


बिदेशीले बनाईदिएको कृषि औजार कारखाना भने हाम्रै सरकारले २०५९ चैत ४ गते खारेज गर्ने निर्णय गरेको थियो ।

 

त्यसको ठिक २० वर्ष पछि २०७९ भदौ ३१ गते सरकारले उधोग संचालन गर्न १० वर्षकालागि पुनले नेतृत्व गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई दिने निर्णय गर्यो ।

 

सरकारले निर्णय गरेर दिने बाहेक केन्द्रलाई आवश्यक सहयोग भने गरेको छैन ।

राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुन आफ्नो जीवनीसँग सम्बन्धित ‘महावीर पुन, सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गरेर कारखना चलाउने अभियानमा छन । त्यसकोलागि उनी अहोरात्र खटिरहेका छन ।

 

उनले पुस्तक बेचेर २० करोड रुपैया कारखना संचालनकालागि परिचालन गर्ने उद्धेश्य राखेका छन । कृषि औजार कारखानालाई जसरी भए पनि सञ्चालन गर्ने अठोटसहित लागिपरेका पुन अहिले पर्साका ग्रामीण इलाकामा पुस्त बेच्न निस्केका छन ।


अध्यक्ष पुनले कृषि औजार कारखानालाई पूर्ण रुपमा सञ्चालन गर्ने हो भने कम्तीमा पनि रु ६०/७० करोड खर्च गर्नुपर्ने बताउँछन् ।

 

‘केन्द्र आफैँले यो वर्षभित्रै पाँच करोड रुपैयाँ जतिको अत्याधुनिक मेसिन खरिद गर्ने तयारीमा जुटेको छ,’ उनले भने, ‘सरकारले पनि अत्याधुनिक खालका मेसिन खरिदमा सहयोगी भूमिका निर्वाह गरिदिएहुन्थ्यो । त्यसले कृषि औजार उत्पादनमा ठूलो महत्व राख्ने थियो ।’

केन्द्रले अहिलेसम्म कम्तीमा पनि एक लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री गरिसकेको छ । जसबाट हालसम्म पुस्तक छपाइको खर्च नकटाइकन ९ करोड ५० लाख भन्दा धेरै रकम सङ्कलन गरिसकेको छ । उनले कम्तीमा तीन लाख पुस्तक बेच्ने लक्ष्य राखेका छन् ।

 

उनको एउटा पुस्तकको मूल्य भने सात सय ५० तोकिएको छ । पुस्कत बेच्न ठोरी गाउँपालिकाको बिभिन्न ठाउँमा पुगका पुन उत्साहित छन । ग्रमीण भेगका स्थानीय बुद्धिजीवी र भद्र भलाद्मीले पनि पुन अभियानलाई साथ दिएका छन । ज्ञान वाटिका परिसरमा ७८थान र बजार क्षेत्रमा ११थान गरी जम्मा ८९थान पुस्तक खरिद गरि अभियान का निम्ति स्थानीयले पनि हातेमालो गरेका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.