logo

‘नेपाल भारतबीच स्थानीय संयन्त्रको आवश्यकता’

      12/22/2020 गते 00 00 मा प्रकाशित     960   पटक पढिएको

नेपाल र भारतको सीमा काठमाडौ र दिल्लीको नजर भन्दा पनि जनस्तरको नजरले हेर्नु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । मानवअधिकार पत्रकार संघ(हुर्जा) काठमाडौले दुई देशका समस्या बारे मंगलबार आयोजना गरेको भर्चुअल छलफलमा वक्ताहरुले दुई देशबीचको बहुआयामिक सम्बन्ध र समस्याबारे चर्चा गरेका थिए ।

 

सीमामा हुने समस्या समाधान गर्न एक स्थानीय संयन्त्रको आवश्यकता औल्याएका थिए । कार्यक्रममा पूर्व पराराष्ट्रमन्त्री भेषबहादुर थापाले खुला सीमाले ल्याउने द्धन्द्धलाई व्यवस्थापन गर्न दुबै पक्षको संयन्त्रलाई काम लगाउन सकिने बताउनु भयो ।

 

वरिष्ठ पत्रकार अखिलेस उपाध्यायले सरकारी तहमा भन्दा पनि जनस्तरको संवादले बढी प्रभावकारी काम गर्ने जनाउनु भयो । ‘यो अनौपचारिक कुटनीति हो,’ उहाँले भन्नु भयो , ‘लागू औषध, अवैध हतियार, सुरक्षा लगायतका समस्या सीमामा छन् ।’ 


    भारत विहारको रक्सौल निवासी प्राध्यापक अनिल कुमार सिन्हाले नेपालसंगको सम्बन्ध राजनीतिले होइन् सांस्कृत्तिक र अरु सामाजिक सम्बन्धले अनुप्राणित गर्ने बताउनु भयो ।

 

वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले लागू औषधको अवैध कारोबार ठूलो समस्याको रुपमा देखिएको बताउनु भयो  । ‘नेपालमा गैरकानूनी भएको लागू औषध उता खुला रुपले बिक्री वितरण हुन्छन्,’ उहाँले भन्नु भयो , ‘उता गैरकानूनी कुरा यता कानूनी भएकाले समस्या देखिएको छ ।

 

यसलाई जोड्न संयन्त्र आवश्यक छ ।’ नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले कोरोना महामारीका कारण बन्द गरिएका नाकाका कारण नेपालमा महंगी चुलिएको बताउनु भयो । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठले सञ्चारकर्मी र नागरिक समाजले सदभावनादुतको काम गर्न सक्ने धारण राख्नु भएको थियो । 


    मिडिया फोर बोर्डर हारमानीका अध्यक्ष अमरेन्द्र तिवारीले नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध हुदा पनि भारतले बोर्डर खोलिसक्दा पनि नेपालले हालसम्म बोर्डर नखोल्दा नागकिरले अनेक समस्या बेहोर्नुपरेको सुनाउनु भयो  ।

 

उद्योगी अशोक कुमार वैद्यले काठमाडौ र दिल्लीलाई सीमाको समस्या थाहा नहुने भएकाले जनसंवादबाटै पहल गर्न आवश्यक रहेको औल्याउनु भयो  । सीमा जागरण मञ्चका महेश अग्रवालले सीमाबन्द भएकाले आवतजावतमा समस्या भएको बताउनु भयो  । काठमाडौं र दिल्लीको चिसोपनले सीमामा असर गरेको बताउनु भयो ।

 

 उहाँका अनुसार नेपाल र भारतबीच तीन प्रकारको सम्बन्ध छ । पर्सा प्रहरी प्रमुख गंगा पन्तले दुई देशबीच हुने विहावारी पछि हुने घरेलु हिंसा, मानव बेचबिखन, लागू औषधको समस्या रहेको बताउनु भयो  ।

 

ठाकुरराम बहुमुखी क्याम्पसका सह प्रध्यापक बिरेन्द्र प्रसाद साहले खुला सीमामा बलियो संयन्त्र निर्माण गर्न आवश्यक रहेको बताउनु भयो  । हुर्जाका अध्यक्ष घनश्याम खडकाले अगामि दिनमा दुबै देशका सञ्चारकर्मी, नागरिक समाजका अगुवा राखेर संवादलाई अगाडि बढाइने प्रतिवद्धता जनाउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.