logo

खेतानहरुकै कारण हरिखेतानको भविष्य संकटमा, आयोगले रोक्यो अनुदान, दिएन प्रमाणपत्र

 इसीमाना सम्बाददाता      २०८१ असोज १५ गते १५: १८ मा प्रकाशित     611   पटक पढिएको

बीरगंज । बीरगंजको हरिखेतान बहुमुखी क्याम्पसले सामुदायीक क्याम्पसको प्रमाण पत्र नपाउने भएको छ । त्रिभूवन बिश्वबिद्यालयले दिने यो प्रमाण पत्र क्याम्पसमा हावी भएको परिवारबादका कारण नपाएको हो ।

 

प्रमाण पत्र नपाएसंगै बिश्वबिद्यालय अनुदान आयोगले दिदै आएको वार्षिक २७ लाख रुपैया अनुदान पनि रोकिएको छ ।


हरिखेतान बहुमुखी क्याम्पसले सामुदायिक क्याम्पसको प्रमाण पत्र पाउनकालागि पेश गरेको आवश्यक कागजातहरु त्रिभूवन बिश्वद्यिालयले अस्वीकृत गरेको छ ।


क्याम्पसले पेश गरेको बिधानलाई त्रिभूवन बिश्वबिद्यालय अनुदान आयोगले अस्वीकृत गरेको हो ।

 

बिधानमा दाता परिवारका सदस्य अध्यक्ष हुने प्रवन्ध गरिएको छ । तर आयोगले क्याम्पस सभाले निर्वाचित गरेको ब्यक्ति अध्यक्ष हुनु पर्ने प्रवन्ध बिधानमा हुनु पर्ने बताउदै आएको छ ।

 

देशभैरीका सामुदायीक क्याम्पसहरु जुन बिधि बाट संचालीत छन ठिक त्यसको बिपरित हरिखेतान बहुमुखी क्याम्पस तथाकथीत दाता परिवारका रुपमा रहेका खेतानहरुको अर्कमण्यताको शिकार हुदै आएको छ ।

 

खेतान परिवार आफनो पाराको छुट्टै कानूनी प्रवन्धको आधारमा क्याम्पसलाई प्रकारान्तरमा नीजी बनाउन उद्धत देखिएका छन ।


क्याम्पसको संचालक समितिको अहिलेको संरचनाले पनि त्यही कुरा देखाउछ । क्यम्पसको संचालक समितिको अध्यक्षमा प्रेम प्रकाश खेतान,सदस्यहरुमा डा. रामअवतार खेतान,सुनिल कुमार खेतान, प्रकाश खेतान, सन्तोष घिमिरे,बेदबहादुर कार्की र सदस्य सचिवका रुपमा क्याम्पस प्रमुख किशोरी राय यादव रहेका छन ।


यस अघि ०४८ सालको बिधानले भने प्रमुख जिल्ला अधिकारीलाई अध्यक्ष बनाएको थियो र सदस्यहरुमा बीरगंज महानगरपालिका,जिल्ला समन्वय समिति,गुठी संस्थान, बीरगंज उधोग बाणिज्य संघ,अजय कुमार द्विवेदी,क्याम्पस प्रमुख, प्राध्यापक प्रतिनिधि र डा.रामवतार खेतान सदस्य रहेका थिए ।

 


सामुदायिक क्याम्पस समुदायले आफना सन्ततीकोलागि संचालन गर्ने भएकोले समुदायका ब्यक्ति पनि संचालक समितिमा रहने कुरा मुलुक भर अभ्यासमा रहेको छ । तर बीरगंजमा गुठी संस्थानको जग्गामा एक तले घर निर्माण गराईदिएर दाताको हकभोग गरिरहेको खेतान परिवारको पाराले हरिखेतान बहुमुखी क्याम्पस यतिवेला अस्तित्व रक्षाको दौरबाट गुज्रिनु् परेको छ ।


खेतान परिवारले बनाएको क्याम्पसको बिधानमा क्याम्पस सभा २५ सदस्यीय हुने प्रवन्ध राखेर नियोजन गर्न खोजिएको छ तर बिश्वबिद्यालयको अनुदान आयोगले हरिखेतान बहुमुखी क्याम्पसको बिधानको यो धारा समेत अमान्य घोषित गरेको छ ।

 

आयोगले बिधान संशोधन गरेर ल्याउन भन्दै क्याम्पस संचालक समितिलाई निर्देशन दिएको भएता पनि दाता भएर रजगज गर्दै आएका “खेतान संचालक समिति” भने मौन बसेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.