logo

बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले दशैमा पनि तलव खान नपाउने, अदालतले दियो नसिहत

 इसीमाना सम्वाददाता     २०८१ असोज १६ गते ०७: ०२ मा प्रकाशित     452   पटक पढिएको

जनकपुरधाम । बृहतर जनकपुरधाम बिकास परिषदका कर्मचारीहरुले तत्काल तलब सुविधा नपाउने भएका छन ।

 

आठ महिना देखी परिषदका अध्यक्षलाई कार्यालयमा प्रवेश रोक लगाएर बसेका कर्मचारीहरु तलव माँग गर्दै अदालत पुगेका थिए ।


परिषदका अध्यक्ष शितल साहलाई कामकाज गर्न नदिएका कर्मचारीहरुले दशैेको मुखमा तलवको माँम गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

अदालतले बुधवार  कर्मचारीको माँग अनुसारको तलव दिनु पर्ने कुरामा परिषदकालागि कुनै आदेश गरेको छैन ।

 

अध्यक्षलाई कार्यालय प्रवेशमा रोक लगाउने कर्मचारीलाई अदालतले तलव पाउने गरि आदेश नगरेर कर्मचारीलाई कार्यालयमा अनुशासनमा बस्न सन्देश दिएको छ ।

 

कार्यालयको प्रमुख ब्यक्तिको मान मर्यादामा खेलवाड गर्दै आएका कर्मचारीलाई आफनो दायित्व निर्वाहमा कमजोरी नगर्न र संस्थाको प्रमुख ब्यक्तिको नेतृत्वलाई सम्मान गर्न समेत अदालतले सन्देश दिएको छ ।

अदालतले अध्यक्ष साहलाई बोलाएको थियो । इजलाश समक्ष अध्यक्ष साहले वृहतर जनकपुरधाम बिकास परिषदको विगत देखि हाल सम्मको कार्यप्रगती , कुन शिर्षकमा कति खर्च, कति काम, विकास निर्माणमा कति खर्च र तलव भत्तामा कति खर्च बजेट? सहितका सम्पुर्ण फेहरिस्त प्रमाण सहित पेश गरेका थिए ।

 

अदालतले अध्यक्ष साहको दलील प्रस्तुत प्रमाणको रोहमा कर्मचारीलाई तलव दिनु पर्ने कुरामा परिषदका बिरुद्ध आदेश गर्न मनाशिव ठानेन ।

 

अध्यक्ष साहले भने तत्काल मुद्दामा मांग गरिएको तलव बारे अदालतले कुनै पनि आदेश दिन उपयुक्त नठानेको मैले बुझेको छु ।

 

अध्यक्ष साहले परिषद भित्रको अनियमितताका बिरुद्ध मोर्चा कसेपछि उनी बिरुद्ध घेराबन्दी शुरु भएको हो ।

 

उनका बिरुद्धको घेरमाबन्दीमा लाग्ने कर्मचारीहरुलाई नेकपा एसका नेता रामचन्द्र झाको संरक्षण रहेको स्रोतले जनायो ।

 

जितेन्द्र यादव सहितका कर्मचारीले गरेका अनियमितताका फेहरस्तिहरु सार्वजनीक भएपछि साहलाई अप्ठयारोमा पार्ने प्रपंच शुरु भएको बताइएको छ ।


यादव सहित सात जना बिरुद्ध सरकार छाप र लेटरप्याड किर्ते गरेको भन्दै उजुरी परेको छ । यादव बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत गरि २२ कित्ता मुद्धा परेको छ ।

 

मुद्धाको बारेमा सुनवाई र किनारा गर्ने सन्दर्भमा सबन्धीत कार्यालयहरुले गरेको ढिलासुस्ती भने निकै उद्धेक लाग्दो बनेको छ ।

 

यादवले जागीर खानकालागि पेश गरेको शक्षैक्षीक प्रमाण पत्र समेत नककली रहेको छ भने अनियमित रुमा प्रमोशन खाएको भन्दै त्यस बिरुद्ध पनि उजुरी परेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.