logo

प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोलाः महासचिव पौडेल

      12/30/2020 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले जुन उद्धेश्यका साथ एकिकृत पार्टी बनायौ त्यही अरुप पार्टी अगाडि बढनु पर्नेमा आन्तरिक अवरोधका कारण त्यसरी अगाडि बढने सफलता पाउन नसकिएको बताउनु भयो । 

नेकपाले प्रदेश नम्बर २ को वीरगञ्जको नगरसभागृहमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले बिकास, समृद्धि र समाजवाद निर्माणकोलागि पार्टी एकता गरिएको र त्यसले जनतामा आत्मबिश्वास पैदा गरेको भएपनि पार्टीका शिर्ष नेताको षडयन्त्रका कारण अवरोध सृजना भएको बताउनु भयो । 


सरकारले हरेक दृष्टिले राम्रो काम गर्दै अगाडि बढीरहेको अवस्थामा अरुले होइन पार्टीका केही शिष नेताले बिरोध गर्न थालेको उहाँले स्मरण गराउनु भयो । 


पार्टी भित्रको सम्बन्धलाई शत्रुतापूर्ण बनाउने र पार्टीको बिभाजनको आधारको रुपमा पार्टीका दोश्रो अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव ल्याएको बताउनु भयो । त्यही प्रस्तावले नयाँ समस्या सृजना भयो त्यो अरोपलाई लिएर अगाडि बढन सक्ने अवस्था थिएन उहाँले भन्नु भयो “ त्यसैले त्यो बिभाजनकारी आरोप पत्र फिर्ता लिन अपिल गर्दा उहाँले फिर्ता पनि लिनु भएन र त्यो अरोप पुष्टि समेत गर्न सक्नु भएन” । यसको अर्थ के हो भने उहाँले भन्नु भयो “अंकगणीतको आधारमा कम्युनिष्ट सरकार हटाउने प्रयासमा लाग्नु भयो  ”। 


हामीले पार्टीमा छलफलकोलागि अपिल गर्यौ अर्थमंत्री समेत रहनु भएका पौडेलले भननु भयो“ तर उहाँहरुले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी फेस गर्नु सक्नु भएन  अन्य प्रयोजनकालागि संकंलीत हस्ताक्षर दुरुपयोग गरेर प्रधानमंत्रीका बिरुद्ध अबिश्वास दर्ता गर्न पुग्नु भयो ।


महासचिव पौडेलले कम्युनिष्ट आन्दोलनलाई छतबिक्षत बनाउने हर्कतका बिरुद्ध प्रधानमंत्रीले संसद बिघठन गरेर ताजा जनमत लिने फैसला गर्नु भयो जुन ठिक छ । मुलुकलाई अराजकता र अनिश्चयको बाटोमा जानबाट जोगाउन जनताको वीचमा जाने प्रधानमंत्रीले निर्णय लिनु भएको उहाँको भनाई थियो  ।


 जनताको आदेशमा चल्ने कुरा लोकतनत्रको उच्चतम फैसला हो । यो निर्णय अलोकतान्त्रिक होइन लोकतन्त्रको सुन्दरतम प्रयास हो । 
पार्टी बिधान र संविधानको बर्खिलामा गएर सरकार ढाल्ने र पार्टी कब्जा गर्ने षडयन्त्र असफल भएको छ । चुनाव हुदैन भन्ने कुरामा द्विवीदा नराख्नुहोसमहासचिव पौडेलले भन्नु भयो “ प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोला ”।

 

भेलालाई शहरी विकासमन्त्री एवं पार्टीको प्रदेश २ अध्यक्ष प्रभु साहले सम्बोधन गर्दै  षडयन्त्र पूर्वक आफ्नो हस्ताक्षर किर्ते गरेर प्रचण्ड नेपाल समूहले दुरुपयोग गरेको आरोप लगाउनु भयो  ।

 

उहाँले भन्नु भयो “असारमा मैले गरेको हस्ताक्षरलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउँन प्रचण्डले दुरुपयोग गर्नु भयो ,यस्तो षडयन्त्र गर्ने व्यक्ति कम्युनिष्ट कसरी हुन् सक्छ ? सक्कली कम्युनिष्टहरुले छल गर्न जान्दैनन् । प्रचण्डले कपट गर्नु भयो  ।

 

संसदीय दलको बैठकसमेत नबोलाएर पार्टीको विधि र विधान विपरित आफुलाई प्रधानमन्त्री बनाउँने लहडमा प्रचण्डले सबैसँग धोका गरेको मन्त्री साहले बताउनु भयो । प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाएर नयाँ तरिकाले पार्टी निर्माण गर्ने प्रचण्डको कुरालाई साहले गोरुले दुध दिने जस्तो हुने बताउनु भयो ।  


प्रचण्ड पार्टी निर्माण गर्छु भन्नुहुन्छ साहले व्यङ्ग गर्दै भन्नु भयो,  गोरुले दुध दिएको सुन्नु भएको छ ? गोरुले  दुध दिनु र प्रचण्डले पार्टीनिर्माण गर्नु उस्तै उस्तै हो । 

कार्यक्रममा कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, लगायतका नेताले सम्बोधन गर्नु भएको थियो  । पार्टीका प्रदेश इन्चार्ज सत्यनरायण मण्डलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशका अगुवा नेताहरुको सहभागिता रहेको केन्द्रीय सदस्य निर्मला देवकोटाले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.