logo

करोडौको लागतमा बनेको बीरगंजको टर्मिनल बसपार्क रित्तै बसहरु सडकमा,सहमती हुन्छ पालना हुदैन 

      1/2/2021 गते 00 00 मा प्रकाशित     1545   पटक पढिएको

करिब १८ करोडको लागतमा  निर्माण भएको बीरगंजको टर्मिनल बसपार्क “माल पाएर चाल नपाएको” अवस्थामा पुगेको छ । जर्मन सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको टर्मिनल बसपार्क उद्धेश्य अनुरुप संचालन हुन सकेको छैन । 

बीरगंज माहानगरपालिका वडा नम्बर १६ को भानुचोक नजिक नयाँ बसपार्क निर्माण भएको हो । बीमल श्रीवास्तव बीरगंजको प्रमुख हुदा प्रति कठा १० हजारका दरले ५ बिघा ५ कठ्ठा जमिन खरिद गरेर नयाँ बसपार्क बनाइएको थियो । त्यही जग्गामा करिब १८ करोडको लागतमा टर्मिनल बसर्पाक बनाएपनि त्यसबाट यात्रुले सुविधा लिन पाएका छैनन । 

 


 ५ विघा ५ कठठामा रहेको बसपार्क टर्मिनल भवन तीन तल्ले रहेको छ  ।  ५५ वटा सटर कोठा, १ वटा वर्कशप, टवाईलेट र ब्यूटीपार्लर , एटिएम मेसिन, बुकिङ काउन्टर, रेष्टुरेन्ट, लगेज रुम लगायतका सुबिधा रहेको छ । 

 


उक्त बसपार्कमा क्षेत्र भित्र १ सय २४ वटा बस, टाटासुमो , मोटरसाईकल, टांगा रिक्शा समेत पार्किङ गर्ने ब्यवस्था रहेको छ । 
सुविधा सम्पन्न बसपार्क टर्मिल बन्नु भन्दा पहिला ब्यवसायीले खुशी ब्यक्त गरेका थिए । बसर्पाक अब्यवस्थित हुदा समस्या भएको ब्यवसायीहरुले बताउने गरेका थिए ।

 

बसपार्कमा खाल्डाखुल्डी हुदा बसका पटाहरु भाच्चिने सामानहरु चोरि हुने जस्ता समस्या थिए । टर्मिनल बनेपछि ति सबै समस्याबाट मुक्ति मिल्ने ब्यवसायी सुमन श्रेष्ठले बताउनु भएको थियो । तर अहिले तिनै ब्यवसायीहरु बसहरु बसर्पाक भित्र लान चाहदैनन । 

 

वीरगंज बसपार्कमा सबै यात्रुवाहक सवारीसाधन राखेर सञ्चालन गर्ने सहमतिलाई यातायात व्यवसायीहरूले पालन गरेका छैनन् ।
यस अघिपनि जिल्ला ट्राफिक प्रहरी कार्यालय, व्यवस्थित वीरगंज अभियान अन्तर्गत यातायात व्यवसायीहरूसँग भएको छलफलमा तीन दिनभित्र बसपार्कबाहिर हुने सबैखाले यातायात गतिविधि बन्द गरेर बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति भएको थियो । तर त्यो सहमती पालना भएको छैन । 


वीरगंज बसपार्क निर्माणको क्रममा रहँदा टाटासुमो, माइक्रोसमेत यात्रुवाहक बस, बसपार्क बाहिरबाट सञ्चालन हुँदै आएको थियो ।अहिले पन िभानुचोकमा त्यही दृश्य देखिन्छ ।  बसपार्क बाहिरबाट सञ्चालन हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ । भानुचोकमा सडकमा यात्रुबाहक बस पार्किङ गरेर यात्रु तान्ने प्रवृति बढदै गएको छ । 


एक परिवारका एक बालक सतिह तीन जना काठमाण्डौ जानकालागि भानुचोक पुगेका थिए । बसका दलालहरुको कोपभाजनको शिकार भइहाले ।

 

पतिलाई एउटा बसवालाले, छोरालाई अर्को बसवालाले र श्रीमतीले बोकेको झोलालाई अर्को बसवालाले तानीरहेका थिए ।यस्तो दृश्य भानुचोकको बिशेषता हो । यातायात ब्यवस्थापनलागि भानुचोकमा रहेको ट्राफिक प्रहरी र नेपाल प्रहरीका जवान यस्तो दृश्य देखेर मन्द मुस्कान मात्र छर्ने काम गर्छन । 


भानुचोक देखी बसपार्क प्रवेश गर्ने ठाउ सम्म १ सयको हाराहारीमा दलालबहरु बस्ने गर्छन जसले यात्रुलाई बसर्पाक भित्र गएर टिकट किन्न दिदैनन । टर्मिनलमा गएर सुरक्षीत र गुणस्रतीय भरपर्दो सेवा लिन दिदैनन ।

 

यात्रुको सुरक्षा र सुविधाकालागि ट्राफिक प्रहरी बोल्दैन । बसर्पाकमा सबै यात्रुबाहक सवारी साधनदलाई बसपार्कबाट संचालन गराउन खोज्ने ट्राफिक प्रहरीका त्याहा खटिएका कर्मचारीलाई सरुवा गर्ने गरिएको छ ।

 

नेपाल प्रहरीको बसर्पाक भित्रै प्रहरी चौकी छ । प्रहरी नायव निरिक्षकको कमाण्डमा प्रहरी खटिएको छ । तर  प्रहरीले यात्रुहरुले भोग्नु परेको समस्याको बारेमा केही चासो राख्दैन । ट्राफिक प्रहरी र नेपाल प्रहरीले यत्रो ठुलो लागतमा निर्माण भएको पूर्वाधार टर्मिनल बसपार्क संचालनमा किन सहयोग नगरेको होला भन्ने प्रश्न उठेको छ । ट्राफिक प्रहरी कै अगुवाई मा गत जेठ २ गते  सबैखाले यात्रुवाहक सवारीसाधन बसपार्कभित्रबाट सञ्चालन गर्ने सहमति बनाइएको थियो ।


    सहमति भएको केही दिन बस पार्कभित्रबाट यात्रुवाहक बस सञ्चालन भएपनि अहिले पुरानै अवस्था बनेको छ । बाहिरबाट टिकट काट्ने, बाहिरबाट यात्रु राख्ने कार्यले पुनः सो स्थानमा ट्राफिक समस्या भएको छ ।

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षकले बसपार्कको समस्याको बिषयमा पनि ध्यान दिने बताउनु भयो । आफू भर्खर आएकोले केही कुराहरु बुझ्दै छु बसपार्कको समस्याको बिषयमा आफनो ध्यान जाने उहाँको  भनाई छ । 
  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.