logo

पार्टी सभापति लामिछानेको गिरफ्तारी बिरुद्ध बीरगंजमा प्रर्दशन, बिना शर्त रिहाईको माँग

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ३ गते ०९: ३२ मा प्रकाशित     367   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले बीरगंजमा शनिवार बिरोध प्रर्दशन गरेको छ । पार्टीका सभापति रवि लामिछाने गिरफ्तारी बिरुद्ध पार्टीको पर्सा जिल्ला कमिटीले शनिबार बीरगंजमा विरोध प्रदर्शन गरेको हो ।

रास्वपा पर्साले वीरगञ्जको घण्टाघरबाट निकालेको र्‍याली माईस्थान, आदर्शनगर, गीता मन्दिर हुँदै पुनः घण्टाघरमै गएर कोणसभामा परिणत भएको थियो।


र्‍यालीमा सहभागी भएका रास्वपाका कार्यकर्ताहरुले ‘भ्रष्टाचारी सरकार मुर्दावाद, राजनीतिक प्रतिशोध साध्न पाइँदैन, अधिनायकवाद चल्दैन, कानुनको दुरुपयोग गर्न पाइँदैन’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

र्‍यालीपछि कोण सभालाई सम्बोधन गर्दै रास्वापाका केन्द्रीय सदस्य डा. नन्दन यादवले तानशाही  शसकहरुले पतनको समयमा यस्ता कार्यहरु गर्ने गरेको बताए। रवि लामिछानेलाई पक्राउ गरेर सरकारले आफ्नो नांगोपन देखाएको उनको भनाइ थियो।

यस्तै, रास्वपा पर्साका सभापति हरि पन्तले शब्दको जालमा खेलेर घुमाउरो बाटोबाट  लामिछानेलाई पक्राउ गरिएको बताए। उनले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।


उनले पार्टी सभापतिलाई तत्काल बिना शर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तको नेतृत्वमा क्लासिक ब्याङ्क्वीटबाट जुलुस निकालिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.