logo

प्राधिकरणको कदमको जीतपुरसीमरा बाणिज्यसंघ द्वारा बिरोध,उधोगमा तत्काल लाइन जोड्न माँग

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १३ गते ०५: ३८ मा प्रकाशित     361   पटक पढिएको

बीरगंज । नेपाल बिधुत प्राधिकरणले उधोगहरुको बिधुत आपूर्ती काटेकोमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले विरोध जनाएको छ ।

संघका अध्यक्ष मोहन शर्मा लामिछानेले  मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विद्युत प्राधिकारणको कदम सच्याउन आग्रह गरेका छन् । 

डेडिकेटेड र ट्रंक लाइनको विवाद नयाँ नरहेको वार्ता र सहमतीको माध्यमबाट समस्या समाधानका लागि उद्योगीले गरेको आग्रहलाई सरकारले पटक–पटक वे–वास्ता गर्दै आएको उद्योग वाणिज्य संघले जनाएको छ ।

 

‘सरकार र नेपाल विद्युत प्राधिकरणले चालेको पछिल्लो कदमका कारण जीतपुरसिमरा उपमहानगरपालिका भित्रका चार ठुला उद्योगहरु जगदम्बा स्टिल लिमिटेड, हुलास स्टिल लिमिटेड, हामा आइरन तथा अशोक स्टिल इन्डष्ट्रिज मारमा परेको बिज्ञप्तिमा उल्लेख छ ।

 

ति उद्योगले देशको रोजगारी तथा कुल ग्रार्हास्थ   उत्पादनमा पु¥याएको योगदानको समेत कदर नगरी एकपक्षीय ढंगबाट विद्युत प्राधिकरणले चालेको कदम निन्दनीय हरेको बिज्ञप्तिमा भनिएको छ ।’ 

देशमा गरी खान पाउने वातावरण निर्माणका लागि हौसला बढाउनुको सट्टा केही न केही बखेडा झिकेर पटक–पटक उद्योगी÷व्यवसायी माथी भइरहेको आक्रमणले उद्योगीलाई त्रसित पारिरहेको बिज्ञप्तिमा उल्लेख छ ।

 

उद्योग व्यवसायमा गरिएको लगानीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने प्राधिकरणले पटक–पटक उद्योगी व्यवसायीमाथी गरिरहेको आक्रमणले लगानी पलायनको खतरा समेत बढ्दै गएको भन्दै चिन्ता समेत ब्यक्त गरिएको छ । 

‘जीतपुरसिमरा उपमहानगरका चार सहित विद्युत लाईन काटिएका देशका सबै उद्योग प्रतिष्ठानमा विद्युत जोडी औद्योगिक वातावारण निर्माणमा अग्रसर हुन विद्युत प्राधिकरण सहित सम्बन्धित पक्षसंग माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.