logo

पर्साका प्रजिअ अर्याल बिभिन्न क्षेत्रका अगुवासंग सम्वाद गर्दै,सुशासन र सेवा प्रवाह नागरिकले अनुभूती गर्ने गरि रुपान्तरण गर्न कटीबद्ध

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १४ गते ०७: ३२ मा प्रकाशित     291   पटक पढिएको

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कार्यकाल सम्हालेदेखि नै जिल्लाका बिभिन्न सरोरकार समुहसंग सम्वाद गरेका छन ।

 

उनले समग्र जिल्लाको मनोबिज्ञान बुझ्नकालागि सम्वादबाट आफ्नो कार्य प्रारम्भ गरेको बिशलेषण गरिदै छ । 


उनले पर्साका राजनीतिक दलका नेतृत्वसंग पनि छलफल गरे । छलफलका माध्यमले राजनीतिक दलको नेतृत्वमा रहेका ब्यक्तिहरुको एउटा प्रशासकको संगको अपेक्षा के रहेछ भन्ने उनले बुझ्ने कोशिस गरे । पर्साको समस्याका बारेमा दलका नेताहरुको वास्तविक बुझाईसंग उनले साक्षत्कार गरे । 


राम्रो प्रशसकको छवि बनाएका प्रजिअ अर्यालले पर्साको कार्यकालको शुरुवात पनि राम्रै गरेका छन । बिहानीले दिनको संकेत गर्छ भने झै उनको पर्साको बसाईलाई प्रारम्भमा भएका छलफल सम्वादले सकारात्मक सन्देश भने दिएको छ । 


उनले जिल्लाका संचारकर्मीहरुसंग पनि सम्वाद गरेका छन । सम्वादमा उनले संचार क्षेत्रलाई उच्च प्रथामिकतामा राखेको जनाउ दिए । उनले जिम्मेवार र जावफदेही पत्रकारिताको अपेक्षा समेत गरे ।

 

उनले अमेरिकाको चर्चित “वाटरगेट काण्ड”को प्रसंग निकालेर पत्रकारिताको तथ्यपूर्ण प्रस्तुतीको शक्तिको बयान पनि गरे । राज्यले चौथो अंगको मान दिएको कुरालाई उनले सगौरब सम्मान गरे ।


उनले पर्साको सन्दर्भमा  सुशासन र सेवा प्रवाहलाई जनताले अनुभूती गर्नेगरि रुपान्तरणको प्रतिवद्धता गरे । त्यसका लागि रणनीति तय भइरहेको उनले सुनाए ।

उनले लेखापढीको आवरणमा हुने दलालीलाई निरुत्साहित पार्ने योजना सुनाए ।  अनुसार जिल्ला प्रशासनमा आएर लेखापढीको आवरण दलाली हुने गरेको उनको ठम्याई छ । आफ्नो कार्यकालमा पर्सामा त्यो काम गर्ने वातावरणको अन्त्य गर्ने उनले बचन दिए ।

राहदानी र राष्ट्रीय परिचयपत्रको फर्म भर्ने सेवा  जिल्ला प्रशासन कार्यालय पर्साको परिसर भित्रै निशुल्क रुपमा उपलब्ध गराउने आफनो योजना सुनाए । उनले राहदानी र राष्ट्रीय परिचय पत्र भर्ने लगायतका काममा हुने दलाली सहन गर्न नसकिने बताए । 

आफ्नो नेतृत्वको सुरक्षा समितिले नै जिल्लामा सुशासनका क्षेत्रमा प्रभावकारी ढंगले काम अठोट लिएको सिडिओ अर्यालको भनाइ छ ।

उनका अनुसार यसअघि बसेका जिल्लाहरुमा उत्कृष्ट काम गरेकै कारणले उत्कृष्ट कर्मचारीको सम्मान पाएको हुँ ।‘यो जिल्लामा हरेक हिसाबले उत्कृष्ट काम गरेर देखाउँनेछु,’ उनले भने ।

 

 जिल्ला प्रशासन कार्यालयमा बुधबार राखिएको भेटघाटमा सिडिओ अर्यालले आफ्नो कार्यकालमा खासगरी तीनवटा काममा सुधार ल्याउने योजना रहेको सुनाए ।


पहिलो, सिडिओ कार्यालयभित्र राखिएको नागरिक वडापत्र पढेर बुझ्ने कति नागरिक छन् ? त्यसको अर्को फ्रेम बनाउने काम गर्छु । दोस्रोमा, दलालीको कामको अन्त्य गर्ने अघि नै भनिसकेको छु, यो गर्छु । र, तेस्रोमा भने सेवा प्रवाहमा कुनै आनाकानी नहुने गरी सरकारी काम गर्नेछु ।

पत्रकारहरुसंगको भेटघाटमा प्रजिअ अर्यालले समाजको विकृतिका कुरा उठान गरेसंगै सकारात्मक कुराहरु पनि उठान गरिदिन आग्रह गरे ।

सकारात्मक समाचार प्रकाशन गरेमा सबैलाई काम गर्ने हौसल्ला मिल्ने भएकोले त्यो ध्यानमा राखेर सहयोग गरिदिनहुन सिडिओ अर्यालको भनाइ छ । 


तर समाजमा समाचारको महत्व धेरै हुने भएकाले कसैको बारेमा केही लेख्दा सम्बन्धित व्यक्तिसंग प्रतिक्रिया लिएर राखिदिनुहुन समेत अनुरोध गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.