logo

थारु  समुदायको माघी महोत्वस पर्साको दुई स्थानमा मनाईदै 

      1/12/2021 गते 00 00 मा प्रकाशित     1047   पटक पढिएको

नेपालको आदिवासी थारु समुदायको नयाँबर्ष माघी अर्थात खिचडी यसबर्षपनि पर्सामा दुई स्थानमा मनाउने भएका छन् । पर्साको वीरगन्ज महानगरपालिकाको स्वीमिङपुल परिसर र पर्सागढी नगरपालिकाको वडा नम्बर ३ बढ्निहार स्थित जनता माविमा २६४५ औं नयाँबर्ष माघी ‘खिचडी’ मनाउने तयारी गरेको माघी महोत्सव मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा थारु सम्वत २६४५ तथा ‘खिचडी’ माघीको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । थारु कल्याणकारिणी सभा पर्सा लगायत थारु समुदायसँग आवद्ध रहेका सम्पूर्ण संगठनहरुको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ ।

थारु समुदायले हरेकबर्ष वीरगन्जको स्वीमिङ पुलमा मनाउदै आएको माघीमा यसबर्षपनि गतबर्षहरुमा जस्तै विभिन्न थारु परिकार, सांस्कृतिक कार्यक्रम, थारु संस्कृति झल्किने भेषभूषा लगायतको आकर्षण रहने मूल आयोजक समारोह समितिका संयोजक प्रभू चौधरीले जानकारी दिनुभयो । त्यस्तै मानवीय सेवाका लागि पनि विगतमा जस्तै रक्तदानको पनि आयोजना गरिने छ ।

४५ हजार जनसंख्या रहेको पर्साको थारु समुयदायले हरेक बर्षको माघ १ गते नयाँ सम्वतको रुपमा मनाउने गरेपनि अन्य समयमा भने यसलाई खासै महत्व दिएको पाईएको छैन । थारु समुदायबाट प्रतिनिधित्व गर्ने थुप्रै राजनीतिक दलका नेताहरु भएपनि थारु समुदायको भावनालाई समेटेर मूलधारमा ल्याउन अझै सकिरहेको छैन । राजनीतिक चेतनाको विकास भएपनि अझै सांस्कृति चिन्तनमा भने थारु समुदायबाट राजनीतिक गर्ने अगुवाहरुको ध्यान जान नसकेको थारु समुदायको गुनासो छ ।

थारु समुदायबाट जुनसुकै पार्टीको उच्च तहमा पुगेपनि थारु समुदायको अवस्था उस्तै रहेको उनीहरुको भनाई छ । संयोजक प्रभु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्णणकारिणी सभाका केन्द्रीय पार्षद प्राध्यापक राजेन्द्र चौधरी, नन्दकिशोर पञ्जियार, पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो थारु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नम्बर २ का इन्चार्ज नीरज पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ प्रदेश समितिका सदस्य जगत राई, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खतिवडा, थारु पत्रकार संघ पर्साका सदस्य शम्भु चौधरी, प्रकाश थारु, विजया ओझैया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण थारु पत्रकार संघकी उपाध्यक्ष पुनम चौधरीले गर्नुभएको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.