logo

वीरगन्ज महानगरपालिकाद्वारा घण्टाघरदेखि पावरहाउस चौकसम्मको सडक निर्माण शुरु 

      1/15/2021 गते 00 00 मा प्रकाशित     919   पटक पढिएको

वीरगन्जको घण्टाघर चोक देखि पावरहाउस चोक सम्मको  मुख्य सडक मर्मत सम्भारको काम आज देखि शुरु गरिएको छ । घण्टाघर देपख पावर हाउस चोक सम्म बाँया पट्टीको कालोपत्रे सडक ठाँउ ठाँउमा उप्किएर खाल्डा खुल्डी पर्दा सवारीसाधन र यात्रुलाइ सास्ती भएको गुनासो आएपछि महानगरपालिकाले आज देखि उक्त सडकको मर्मत सम्भारको काम  शुरु गरेको हो ।

पुरानो कालोपत्रे उप्क्याएर त्यसको ठाँउमा नयाँ कालो पत्रे गर्न थालिएको हो । १ हजार ८ सय लम्बाइ रहेको उक्त सडक मर्मत र कालोपत्रेको ठेक्का सिद्धबाबा समा जेभि कन्ट्रक्सनले २ करोड ३ लाख रुपैयामा सकारेको छ । निर्माण कम्पनी र महानगरपालिका बिच भएको सम्झौतामा सडक मर्मत सम्भार र कालोपत्रेको काम , सम्झौता भएको दिन देखि ४५ दिन भित्र सक्नु पर्ने उल्लेख रहेको महानगरपालिकाका इन्जिनियर राकेश साहले जानकारी दिनुभयो ।

नगर प्रमुख विजय कुमार सरावगीले  अहिले घण्टाघरदेखि पावरहाउस सम्मको कालोपत्रे सडक पुरै उप्काएर नयाँ निर्माण गर्न थालिएको  बताउनुभयो ।महानगरको मुख्य सडकहरु जीर्ण भएर सवारी साधन चलाउन समेत समस्या भइरहेको अवस्थामा जीर्ण सडकहरुको मर्मत सम्भारका लागि महानगरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख सरावगीले बताउनु भयो ।

उहाँले सडक विभागको सडक निर्माण सम्बन्धी मापदण्ड अनुसार नै काम गर्नुपर्ने भएकोले सानातिना खाल्डाखुल्डीको काममा महानगरपालिकालाई नीतिगत समस्या भएकोले जीर्ण सडकको मर्मत सभ्मारमा केहि ढिला हुन पुगेको बताउनुभयो । कतिपय स्थानमा सघन सहरी विकास आयोजनको काम भईरहेकोले बाँकी महानगरपालिकाले गर्नुपर्ने मर्मत सम्भारका लागि काम शुरु गरिएको नगरप्रमुख सरावगीले बताउनुभयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.