logo

दुई वर्ष देखी निष्क्रिय रौतहटको चन्द्रपुरका २५ वटा सहकारी संस्था खारेजीमा

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ११ गते ०८: ०९ मा प्रकाशित     329   पटक पढिएको

चन्द्रपुर ।  रौतहटको चन्द्रपुर नगरपालिकाले २५ वटा सहकारी संस्था खारेज गर्ने भएको छ । नगरपालिका क्षेत्र भित्र रहेका ति संस्थाहरु खारेजीको प्रक्रिया शुरु भएको हो ।

 

 बिगत दुई वर्ष देखी निष्क्रिय रहेका सहकारी संस्था खारेजको लागि नगरपालिकाको सहकारी शाखाले सूचना प्रकाशन गरेको छ ।

सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा (१), (२) (३), (४), (५) र (७) तथा दफा ६७ उपदफा (१), (२) बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने हुँदा यो सूचना प्रकाशित भएको उल्लेख गरिएको छ ।

पैंतीस दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपी, पछिल्लो साधारणसभा भेलाको छायाकपी लगायत आवश्यक कागजातसहित चन्द्रपुर नगरपालिकाको सहकारी शाखामा सम्पर्क  गर्नु पर्ने गरि सूचना प्रकाशीत भएको छ । 

तोकिएको समय सीमाभित्र सम्पर्क गर्न नसक्ने सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने नगरपालिकाका सहकारी शाखाले जनाएको छ । चन्द्रपुर नगरपालिकाको सहकारी शाखाद्वारा जारी पत्रमा चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, छहारी समाज कृषि सहकारी संस्था लि चन्द्रपुर ४, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ५, देवी कृषि सहकारी संस्था लि चन्द्रपुर ४, सक्षम कृषि सहकारी संस्था लि चन्द्रपुर ४, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, चाँदी स्वास्थ्य सहकारी संस्था लि चन्द्रपुर ४ खारेजीको प्रक्रियामा रहेको उल्लेख छ । 

यसैगरी सयपत्री बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, सिद्धार्थ कृषि सहकारी संस्था लि चन्द्रपुर १०, पारिजात साथी कृषि सहकारी संस्था लि चन्द्रपुर १, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था लि चन्द्रपुर २, सगुन कृषि सहकारी संस्था लि चन्द्रपुर २, नुनथर कृषि सहकारी संस्था लि चन्द्रपुर २, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ४, डुमरिया महिला कृषि सहकारी संस्था लि चन्द्रपुर ९, शिवशक्ति कृषि सहकारी संस्था लि चन्द्रपुर १०, गढीमाई कृषि सहकारी संस्था लि चन्द्रपुर ९, रामायण कृषि सहकारी संस्था लि चन्द्रपुर ९ समेत खारेजीको प्रक्रियामा छन् ।

त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर ९, शिव बचत तथा ऋण सहकारी संस्था लि चन्द्रपुर १०, श्रमजीवी कृषि सहकारी संस्था लि चन्द्रपुर ९, गोधुली  कृषि सहकारी संस्था लि चन्द्रपुर ८, आशिक कृषि सहकारी संस्था लि चन्द्रपुर ८, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था लि चन्द्रपुर ८ र नुनथर सुचना तथा संचार सहकारी संस्था लि चन्द्रपुर चार गरेर २५ वटा सहकारी संस्थाको खारेजीको प्रक्रियाको लागि नगरपालिकाले नाम प्रकाशन गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.