logo

नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आयोः पूर्व प्रधानमन्त्री नेपाल

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १६ गते ०८: ४९ मा प्रकाशित     351   पटक पढिएको

बीरगंज । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  अधिकार चाहिने तर कर्तब्य बिर्सने प्रवृतिकाक कार असल र खराव वीचको  भिन्नता छुट्टयाउन अप्ठयारो भएको बताए । 


समावजादी प्रेस संगठन पर्साले आयोजना गरेको पुरस्कार तिरण समारोहलाई समबोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यष नेपालले नेपाली समाजामा फाइदाको पछि लाग्ने अवसरवादी चरित्र हावी हुदा समस्या आएको बताए । 


नेता नेपालले सही र गलत छुट्याउने विवेक आवश्यक भएको बताए । स्व. पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिमा आयेजना गरिएको कार्यक्रममा समाजावदी प्रेस संगठनका अध्यक्ष बिश्वमणी सुवेदीले नेपाल प्रेस युनियन सबै भन्दा ठुलो संगठन भएको नाताले उसकै नेतृत्वमा महासंघलाई साझा बनाउनुपर्ने  बिचार ब्यक्त गरे । 


नेपाल पत्रकार महासंघले मंसिर २८ गते केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठान तथा एसोसिट्एस शाखाको निर्वाचन मिति तोकेको छ । उक्त मिति नजिकिँदै गर्दा पत्रकार संगठनहरु आ–आफ्ना गतिविधिमा सक्रिय भएका हुन् ।

समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा  स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कारबाट (नेपाल पोस्ट डेली) का सम्पादक मनोज पटेललाई सम्मानित गरिएको थियो । 

 पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्पादक पटेललाई दोसल्ला ओढाएर सम्मानपत्र र २१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। 


संगठनको पर्सा शाखाद्वारा आइतबार वीरगञ्जस्थित रेडियो वीरगञ्जको प्रांगणमा आयोजित नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले स्वर्गीय नरेश सराफ कुनै एक संगठनको नभई उनी सबै पत्रकारहरुको नजदीकका एउटा व्यक्तित्व भएको बताए । साच्चिकै उनको निधनले आम सञ्चार क्षेत्रमा ठूलो क्षति भएको बताए । 

यसैगरी नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बञ्जाराले स्वर्गीय नरेश सराफ एउटा असल र निडर पत्रकारको रुपमा परिचित थिए र अब हामी सबै पत्रकारहरु मिलेर उनको परिवारलाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । 

कार्यक्रममा रेडियो वीरगञ्जका सञ्चालक धुर्ब साह, प्रेस युनियनका अध्यक्ष विजय चौहान, प्रेस चौतारीका अध्यक्ष विजय भण्डारी, नेपाल पत्रकार महासंघ पर्सा जिल्लाका उपाध्यक्ष युवराज खड्का, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष प्रणय साह, पत्रकार वृजलाल पासवान लगायत विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष शम्भु शुमनको अध्यक्षतामा सम्पन्न भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.