logo

पत्रकारिताका समस्या र चुनौती सामना गर्दै अगाडि बढ्न पत्रकारलाई गृह तथा संञ्चारमन्त्री लेखीको आग्रह

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १६ गते ०९: ०२ मा प्रकाशित     370   पटक पढिएको

लालबन्दी । आमसञ्चार प्राधिकरण मधेस प्रदेशको आयोजनामा पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बिमा कार्यक्रम कार्यान्वयन सम्बन्धि गोष्ठी सर्लाहीमा सम्पन्न भएको छ ।

मधेस प्रदेशका पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना विमा कार्यक्रम कार्यान्वयन र पत्रकारिता अध्ययन छात्रवृत्ति तथा प्रोत्साहन सम्बन्धि १ दिने गोष्ठी सम्पन्न भएको हो ।

मधेस सरकारको गृह,सञ्चार तथा कानून मन्त्री माननीय राजकुमार लेखीको प्रमुख आतिथ्य तथा आम सञ्चार प्राधिकरणको अध्यक्ष श्यामसुन्दर यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मन्त्री लेखीले पत्रकारिता पेशा जोखिमयुक्त रहेकोले स्वास्थ्य र दुर्घटना बिमा अति नै आवश्यक रहेको बताए ।

उनले पत्रकारिता स्वच्छ र निष्पक्ष हुनु पर्ने बताउदै  पत्रकारहरुको क्षमता अभिवृद्धि गर्नको लागि प्रविधिमैत्री तालिम र पत्रकारिता अध्ययनको लागि विशेष  छात्रवृत्तिको व्यवस्था गर्न लागेको समेत जनाए ।

मन्त्री लेखीले सञ्चार र पत्रकारिता क्षेत्रमा निकै नै समस्या र चुनौती रहेकोले सम्पूर्ण सञ्चारकर्मीलाई नडग्मगाई  समस्या र चुनौतीलाई सामाना गर्न अपिल गरे ।

कार्यक्रममा पत्रकारिता अध्ययन छात्रवृत्ति र प्रोत्साहन मस्यौदामाथी समेत छलफल भएको बताइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.