logo

सिराहको दुरवीनडाडाको समुदाय प्रदेश २ मै पहिलो खानेपानीयुक्त समुदायको रुपमा घोषित

      1/31/2021 गते 00 00 मा प्रकाशित     1029   पटक पढिएको

सिराह जिल्लाको धनगढीमाई नगरपालिकाको वडा नं १३को ४२ घरको दुरवीन डाँडाको समुदायलाई पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ ।

 

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनालले सिराहा जिल्ला धनगढीमाई नगरपालिका वडा नं.१३ को ४२ घरको दुरवीनडाँडा समुदायलाई गाग्रीको पानी करुवामा सारेर गिलासबाट पिएर सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो  । दुरवीनडाँडा समुदाय प्रदेश २ को पहिलो सुरक्षीत खानेपानीयुक्त समुदायको रुपमा घोषित भएको हो । 

खुलादिसामुक्त  घोषणापछि अब फेरी प्रदेश नं. २ मा सुरक्षित खानेपानीयुक्त समुदाय र नमूना सरसफाइ वस्तीहरु घोषणा गर्ने अभियान आरम्भ भएको छ । 


घोषणा सभामा वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डल, धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरी, उपप्रमुख फूलकुमारी श्रेष्ठ तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव राम आधार शाह र धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई लगायतको उपस्थिति रहेको थियो भने बालबालिकाहरुले नेपाली राष्ट्रियता झल्कने नृत्यहरु प्रस्तुत गरेका थिए ।

 

घोषणा सभा दुरवीन डाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्री इन्द्रमान तामाङको अध्यक्षतामा भएको थियो । 


खानेपानी तथा सरसफाइ आयोजनाले मुहानको पानीलाई बिध्युतिय लिफ्टिङको सहायताले २० हजार लिटरको पानी ट्‍याङकी  मार्फत ४२ धरधुरीलाई खानेपानी वितरण भईरहेको छ  ।  

२ सय ३१ जनसङ्ख्या प्रत्यक्ष लाभान्वित भएका छन् । यो योजना युनिसेफ नेपाल, वेलायत सरकार, धनगढीमाई नगरपालिका र समुदायको साझेदारीमा २०७५ साल  चैत्रमा सम्पन्न भएको हो  ।


सोही अवसरमा दुरबीनडाँडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागि युनिसेफले पानी परिक्षण गर्ने किट हस्तान्तरण गरिएको छ । समितिले सोही किटको माध्यमबाट खानेपानीको गुणस्तर जाँच गरी सुरक्षित खानेपानी मात्र वितरण गर्नेछ ।  


कार्यक्रमका अतिथिहरुलाई परम्परागत ब्याचको सठ्ठामा पीपलको पातको ब्याच बनाइ वितरण गरिएको कार्य पनि अनुकरणीय रहेको थियो । 


सुरक्षित खानेपानी योजना भनेको के हो?


गाउँ पालिका वा नगरपालिकाका त्यस्ता समुदाय वा बस्तीहरुलाई जहाँका वासिन्दाहरूले आफ्नै घरआँगनमा जडिएका धारामार्फत् ९पानी संकलन गर्न ३० मिनेट भन्दा कम समय लाग्ने सामुदायिक धारा समेत०, जुनसुकै बेला स्वच्छ र सुरक्षित ९विशेष गरी स्वास्थलाई प्रत्यक्ष असर गर्ने हानीकारक तत्व जस्तै इ–कोली र आर्सेनिकका नेपाल सरकारले तोकेका सघनन् मापदण्ड भित्र भएका  खानेपानीको सुविधा उपभोग गरिरहेका समुदायलाई सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।  स्रोतः सुरक्षित खानेपानीयुक्त समुदाय निर्देशिका० पाइप प्रणाली नभएको अवस्थामा भने संरक्षित पानीका स्रोत ९इनार, कुवा, ट्युबवेल आदि० बाट प्राप्त पानीलाई घरायसी प्रविधिबाट शुद्धीकरण गरी पानी उपभोग गर्ने गरेका वासिन्दा भएका बस्तीलाई पनि सुरक्षित खानेपानीयुक्त समुदाय मान्न सकिन्छ ।
 


   

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.