logo

लामिछानेका सर्मथक फेरी निराश, पर्साबाट पनि जारी भयो पक्राउ पूर्जी

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १९ गते ०५: ३१ मा प्रकाशित     354   पटक पढिएको

बीरगन्ज । बीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने बिरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।


अनुसन्धानको नाममा बिभिन्न जिल्लाबाट पक्राउ पूर्जी जारी हुदै बयान दिदै आएका लामिछानेको बयान सकियो होला भन्ने लागेकाहरुलाई निराश बनाउदै बुधबार पर्सापनि पक्राउ पूर्जी जारी भएको छ ।

पर्सा प्रहरीले प्रहरीले सानो पाइला बचत ऋण तथा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न पक्राउको अनुमति माग गरेको थियो ।

 प्रहरीले लामिछानेसहित १४ जना अनुसन्धानको लागि पक्राउको अनुमति मागेपछि जिल्ला अदालत पर्साले पक्राउ पूर्जी जारी गरेको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार बीरगन्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन भएको मुद्दामा लामिछानेसहित १४ जनालाई  अनुसन्धान गर्नुपर्ने देखिएको छ । त्यही सिलसिलामा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति मागिएको प्रहरीले जानकारी दिएको छ ।

अब बयानका लागि प्रहरीसंग समन्वय गरेर सभापति लामिछानेलाई बीरगन्ज ल्याउनेबारे तयारी थालिएको प्रहरीले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.