सशस्त्र प्रहरीद्वारा पर्साबाट भन्सार छलीका ३० लाख मूल्य बराबरको कपडा बरामद
इसीमाना सम्वाददाता
२०८१ मंसिर ३० गते ०७: ४५ मा प्रकाशित
405 पटक पढिएको
बीरगंज । पर्साको वीरगञ्ज महानगपालिका–६ लाठगल्लीबाट सशस्त्र प्रहरी बलले ३० लाख बराबरको कपडा बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको टोलीले भन्सार छलेर गोदाममा भण्डारण गरिराखेको कपडा र कस्मेटिक सामान नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद गरिएको कपडामा कुर्तासुरूवाल १ हजार ६ सय २७ थान, स्काफ १ हजार ७ सय २२ थान, सल २ हजार ७ सय ६८ थान, लेडिज ब्याग, साडीपिन, लङ्कोटलगायत रहेको छ ।
ती सामानको मूल्य ३० लाख ४९ हजार सात सय कायमगरी आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक बिष्णु हरी घिमिरेले जानकारी दिए ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर
मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नयाँ दिल्ली । दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।
बीरगंज । ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।
सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
तपाईको प्रतिक्रिया