logo

पत्रकार साहलाई धम्की दिनेलाई कारवाही गरः महासंघ पर्सा

 इसीमाना सम्वाददाता     २०८१ पौष १९ गते ०९: १९ मा प्रकाशित     342   पटक पढिएको

बीरगंज । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवम वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तानव र दबाबप्रति  नेपाल पत्रकार महासंघ पर्साले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ पर्साका सचिव बिजय महतोले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै  सिधा कुरा डट कममा  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित एक कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि’का व्यक्तिलाई पार्टीमा प्रवेश गराएको सम्बन्धी समाचार लेखेको बाहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्ट्याटस लेख्नु/लेख्न लगाउनु आपत्तिजनक भएको जनाएका छन ।


प्रकाशित समाचारप्रति चित्त नबुझेको अवस्थामा कानूनी उपचारको विधि र प्रक्रिया हुँदाहुँदै सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यमप्रतिको बक्रदृष्टि हो ।

 

विगत केही समययता राजनीतिकदेखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यहारलाई महासंघले नजिकबाट नियालिरहेको छ बिज्ञप्तिमा भनिएको छ । 


अतः लोकतन्त्र र विधिको शासनको पक्षमा उभिएका सञ्चारकर्मीमाथिको यो व्यवहार र यसबाट पत्रकारहरूमा पर्न गएको असुरक्षाप्रति सरोकार राख्ने पक्ष तथा निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीलाई सामाजिक सञ्जालबाट धाकधम्की दिने र मानमर्दन गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन महासंघले बिज्ञीपत मार्फत माँग गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.