logo

अस्ताए पर्सेली कम्युनिष्ट आन्दोलनका एक हस्ती तेजा चौधरी,जसले केही मागेनन सबै दिए

 इसीमाना सम्वाददाता     २०८१ पौष २३ गते ०८: २७ मा प्रकाशित     640   पटक पढिएको

बीरगंज । पर्सेली कम्युनिष्ट आन्दोलनका एक प्रतिभाशाली ब्यक्तित्व तेजा चौधरीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

हालको पटेर्वा सुगौली गाउँपालिका वडा नं ५ को निचुटा साविकको निचुटा गाविसमा बि.स.१९९७ जन्मिनु भएका चौधरी पर्सेली कम्युनिष्ट आन्दोलनका सदा स्मरणीय पात्र हुन । 


बि.स.२०१६ मा बि.पी. कोइरालाको नेतृत्वमा रहेको सरकारका शिक्षामन्त्री परशुनारायण चौधरीको कोटाबाट चीन भ्रमणमा गएका  चौधरीको चर्चा उतिवेला नै गाउँ घरमा ब्यापक थियो । तेजा जी चीन गएको कुरा निकै चर्चाको बिषय बनेको एमालेका नेता प्रहलाद गिरीको मानसपटलमा पनि उतिकै सम्झनामा छ । 


लामो समय पंचायतकालमा गाउँपंचायतको उपाध्यक्ष भएर काम गरेका चौधरी बिचारधारत्मक रुपमा पंचायती ब्यवस्था भन्दा फरक थियो । कम्युनिष्ट बिचारधारा प्रभावित चौधरीको छवी उतिबेलैदेखी गरीब मजदुरको हितमा काम गर्ने ब्यक्तिको रुपमा स्थापित थियो । 


०४६ को आन्दोलनमा बाट कम्युनिष्ट पार्टीमा चौधरी संगठीत भएको एमाले नेता गिरी सम्झिनुहुन्छ । बिद्यार्थीकालमा चीन भ्रमणमा गएका चौधरी पर्साको अहिलेको क्षेत्र नं ३ मा एमालेको संगठन बनाउने अभियानमा क्रियाशिल हुनुहुन्थ्यो ।
०४६ को परिर्वतन पछि त्यतीबेला नेपाली कांग्रेसको तर्फबाट नेकपा एमालेलाई “ड्रममा भात पकाउछ र नाथमा भात खुवाउछ” ६० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई गोली हानीदिन्छ भन्ने भ्रमपूर्ण प्रचार गरिन्थ्यो । तेजा चौधरी त्यो नेता थिए ।

जसले युवा अवस्थामा कम्युनिष्ट शासन भएको चीनको भ्रमण गरेका थिए । एमालेले हरेक मंचबाट कांग्रेसको आरोपको खण्डन गर्थ्यो त्यसकोलागि चौधरीले हरेक मंचमा अवसर पाउथे ।

 

उनी जीवीत प्रमाण थिए जनताकोलागि । नेकपा एमालेको जिल्ला कमिटीको सदस्य , इलाका कमिटीको इन्चार्ज पछिल्लो पटक क्षेत्रीय कमिटीको समेत नेतृत्व गरेका चौधरीले प्रजातान्त्रिक कामलमा एक पटक उपाध्यक्षको चुनाव हारे ।

 

त्यो बाहेक नेकपा एमालेले चौधरीलाई केही नदिए पनि उनले भने पार्टीलाई हासीहासी लामो समय, आफनो योग्यता क्षमता, सबै चीज दिए । साइकल चढेर संगठन बनाउन हिडेका चौधरीहरुको परिश्रमको जगमा खडा छ आजको एमाले ।

 

आजको एमाले निर्माणका शिल्पी चौधरी प्रति इसीमाना डटकमको पनि  सम्मान सहित हार्दिक श्रद्धा सुमन । चौधरीको बुधबार बिहान निचुटामा थारु बिधि र परम्परा अनुसार अन्तिम संस्कार हुने स्थानीय शिक्षक गोपाल साह रौनीयारले जानकारी दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.