logo

बरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ चौधरीको निधन , पर्साले भरोसका केन्द्र शालीन तथा बौद्धिक ब्यक्ति गुमायो  

      3/3/2021 गते 00 00 मा प्रकाशित     1261   पटक पढिएको

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीका पिता एवं पर्सा जिल्लाका एक जना बरिष्ठ राजनीतिज्ञ हेमनारायण चौधरीको ७७ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

 

उपचारको क्रममा बीरगंजको बयोधा अस्पतालमा उहाँको निधन भएको हो । उहाँमा श्वास प्रश्वासको समस्या रहेको थियो । 

पर्सा जिल्लामा बौद्धिक नेतृत्वको छवी बनाउनु भएका चौधरी थारु समुदायको निर्विकल्प र सर्वसम्मत अगुवा हुनुहुनथ्यो । उहाँ मृत्युवरण गर्दा समेत थारु कल्याणकारी सभाको पर्साको अध्यक्ष हुनुहुनथ्यो ।

 

रोगसंग लडदै भएपनि जीवनको अन्तिम क्षणसम्म गतिशिल रहनु भएका चौधरी जस्वनको उतराद्र्धमा भने नेपालको कम्युनिष्ट आन्दोलन संग जोडिनु भएको थियो । पंचायतकालमा पनि उहाँको परिवार राजनीतिमै सक्रिय थियो । शेरे पर्साको नामले चिनिएका पंचायतकालीन भूमीसुधार राज्यमंत्री चन्द्रदेव चौधरी उहाँको ठुलो दाई हुनुहुन्थ्यो । पर्सा जिल्लाबाट रसिया पुगेर उच्च शिक्षा ग्रहण गर्ने चौधरी पर्सा जिल्लाका पढेलेखेका मध्यमा पनि अग्रणी नै हुनुुहुन्थ्यो । 
थारु समुदायको उच्च भरोसा प्राप्त गर्नु भएका चौधरी पर्सा जिल्ला भित्रका थारु समुदायमा आइपर्ने जुनसुकै समस्याको हल निकाल्ने ब्यक्तिको रुपमा स्थापित हुनु भएको थियो ।

 

थारु मात्र हैन समाजका हरेक समुदायकोलागि आशा र भरोशाको केन्द्रको रुपमा स्व.चौधरीको छवी बनेको थियो ।

 

उहाँको अभाव छिटै पुरा नहुने नन्दकिशोर पंजियारले बताउनु भयो । हामीले अभिभावक गुमाएका छौ पंजियारले भन्नु भयो “उहाँहुदा सबै कुरा सजिलै गर्न सकिन्छ भन्ने लाग्थ्यो अव त्यो उत्प्रेरणा कसरी आउला खै । 

 राजनीतिमा शालिनता पूर्वक प्रस्तुत हुने चौधरीको निधनले पार्टीले एउटा भरोस योग्य अभिभावक गुमाउनु परेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो ।  


हेम नारायण चौधरीको अगुवाई र पहलकदमीमा पटेर्वा सुगौलीमा नेकपाले स्थानीय तहको निर्वाचन जीतेको थियो । अध्यक्ष हजराले उहाँको स्मरण गर्दै पार्टीमा उहाँको अभाव खडकिने बताउनु भयो । 


कुशल  समाजसेवीको रुपमा स्थापित स्व चौधरीको अन्तिम बिदाईमा आज देउरियामा उहाँको निवासमा पर्सा जिल्ला भरिका राजनीतक तथा सामाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

 

त्यो सहभागिताले पनि समाजमा उहाँको छव कस्तो थियो भन्ने कुरा बुझन् सहज हुने पटेर्वा सुगौली गाउँपालिका वडा नं २ अध्यक्ष बिजय गैरे बताउनु भयो । राजनीतिक समाजिक सबैका सीमा भन्दा  पारि स्व .चौधरीलाई अन्तिम बिदाई गर्न सबैको सहभागिता रह्यो अध्यक्ष गैरेले भन्नु भयो उहाँको छवी र छाप कति सकारात्मक रहेको थियो भन्ने कुरा हामीले पनि बुझ्न पायौ । 


उहाँलाई अन्तिम बिदाई गर्न नेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री , संबिधान सभाका सदस्य जय प्रकाश थारु ,राजकुमार गुप्ता , नेकपाका अध्यक्ष प्रभू हजरा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , जसपाका नेता मोहनलाल चौधरी नेकपा युवा नेता नन्दकिशोर पंजियार , महेश सिंह धामी लगायत पटेर्वा सुगौली तथा अन्य छिमेकी गाउँपालिकाका नागरिकको उल्लेख्य सहभागिता रहेको थियो । 


आज उहाँको देउरिया स्थित नदीमा परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । उहाँका तीन छोरा ह्रदय नारायण चौधरी पेशाले इन्जिनियर , हरिनारायण चौधरी पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष र राजकिशोर चौधरी हुनुहुन्छ । दुई छोरी रहेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.