logo

एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेका नेपाललाई एमाले प्रवेश गर्न ढोका बन्द छः  महासचिव पोखरेल

 इसीमाना सम्बाददाता     २०८१ माघ ४ गते ०८: २२ मा प्रकाशित     203   पटक पढिएको

काठमाडौं ।  नेकपाएमालेका  महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि एमाले प्रवेश गर्ने बताएका छन । 


समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन  । 

May be an image of 5 people, dais and text
महासचिव पोख्रेलले १५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको बताए ।  महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताए  । 


‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर एमालेमा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आप्mनो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्न लहरलाई रोक्न सक्नुहुन्न ।’

May be an image of 5 people
 एमाले भित्र मत राख्न पाइदैन, बहस गर्न पाइदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको बताए ।महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको उल्लेख गरे । May be an image of 1 person, flower, dais and text

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको प्रमाणीत भएको बताए  ।

उनले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको प्रतिक्रिया दिए  । 

May be an image of 1 person, dais and text
प्रेस चौतारीमा प्रवेश समाहित हुदैं समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको दावी गर्दै समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरी चल्ने दावी गरे  ।

 

एमालेमा बोल्न दिइएन्, मत राख्न दिइएन भनेर प्रचार गर्न लगाउने माधव नेपालले आफूले सामान्य बिचार राख्दा २४ घण्टे स्पष्टी करण दिने भित्रभित्रै नेता कार्यकर्तालाई दबाएर राख्ने काम भएकै कारण पार्टी फष्टाउन नसकेको बताए । उनले  देशभरका समाजवादी प्रेस संगठनमा रहेका नेताहरु चौतारीमा आबद्ध हुने ठोकुवा गरे । 

May be an image of 1 person, flute, oboe and clarinet
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा समाजवादी प्रेस संगठन छोडेर अध्यक्ष सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन नेपोलियन चेपाङलगायत दर्जनबढि केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघका नेताहरुलाई प्रेस चौतारीमा स्वागत गरिएको प्रेस चौतारी नेपालमा महासचिव हिरामान लामाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.