logo

बीरगंजको आइसीपी तस्करीको,अखडा, संघीय साँसद, भंसारको “संसार” थाहा पाएपछि परे आश्चर्यमा

 इसीमाना सम्वाददाता     २०८१ माघ १६ गते १४: ३० मा प्रकाशित     319   पटक पढिएको

बीरगंज ।बीरगंजमा रहेको आइसीपी (एकिकृत भन्सार जाँच चौकी) तस्करीको अखडा भएको  बताइएको छ ।

प्रतिनिधि सभामा रहेको अर्थ समितिले भंसार बिधयक संशोधनका बिषयमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन । 


भन्सारको राजस्व बिगत छ वर्ष देखी घटदै गएको सन्दर्भमा अर्थ समितिका सदस्यहरुका सामु ग्राउण्डको अवस्थाको बारेमा जानकारी गराउने क्रममा  सहभागीहरुले यस्तो बताएका हुन ।


आसीपी नै तस्करीको अखडा भएको कुरा समितिकै सदस्यहरुका सामु ब्यक्त भएपछि अर्थ समितिका सदस्यहरुको कान चनाखो भएको थियो भने कार्यक्रममा सहभागि भन्सार कर्मचारी र केही आर्थिक अपराधमा संलग्न ब्यापारीको भावभंगीमा आक्रोशयुक्त देखिएको थियो । 


भंसार लेन भएरै नै ट्रकका ट्रक समान अनधिकृत रुपमा भित्रिदै आएको तथ्यका कारण आइसी तस्रकीको अखडा भएको थाहा पाएपछि अर्थसमितिका सदस्यहरु पनि आश्चर्यमा परेका थिए ।

टोलीमा नारायणी शर्मा, जुली महतो ,अन्जनी श्रेष्ठ,छिरिङ डिम्डुल लामा, मुक्ता यादव र नारायण प्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरुको सहभागिता रहेको थियो । 


भंसार प्रमुख राज प्रसाद  पाठक , ब्यापारीहरु हरि गौतम , एजेण्ट संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


आइसपी हुदै ग्रिन लाइनबाट प्रवेश हुने मालवाहक ट्रक वा कन्टेर प्रहरीले चेकजााच थर्न नपाउने प्रवन्ध रहेको छ । यही प्रवन्धका कारण ग्रिनलाइनबाटै तस्करी बढेको हुनाले भंसार बिभागले तोकेको राजस्व असुली लक्ष्य अनुरुपको उठ्न सकेको छैन । 


आइसपी बस्तु आयातकालागि मात्र तस्करीको अखडा बनेको होइन नेपाल बाट फिर्ता जाने मालवाहक ट्रकहरुले भारत फर्किदा लागु औषध गाँजा बोकेर जाने गरेको कुरा पनि तथ्यले पुष्टि गरेको छ ।

आइसीपी भएर भारत फर्किने सवारी साधानले लागु औषध बोकेर जाने र उताबाट आउने मालबाहक ट्रक र कन्टेनर भंसारका भ्रष्ट कर्मचारीको कमाउ धन्दाका कारण बिना रोकटोक नेपाल भित्रिने गरेका छन । 

अर्थ समितिका सदस्यहरुले बीरगंज भन्सारको यस्तो संसारको बारेमा जानकारी पाए पछि दंगदास परेका छन । 


भंसार नजिकै रहेको कोइलाको भण्डारणका कारण वतावरणमा परेको प्रतिकुल अवस्थाको बारेमा भंसार प्रशासन चुप लागेर  बसेको भन्दै सहभागिहरुले चर्को आलोचना गरेका थिए । 


सहभागीले मंसार कानूनकै कारण भन्सार राजस्व चुहिएको सहभागिले बताए । सहभागिहरुले राजस्व चुहाट नियन्त्रण र तस्करीको धन्दा रोक्न  भंसार दर कम गरेर परिक्षण गरिनु पर्ने सुझाव दिए । 


भंसार सम्बन्धी काूनन संशोधन र एकिकरणकाकालागि  बनेको बिधयक अर्थ समितिमा छलफलका क्रममा छ ।

साही बिधकका बिषयमा स्थलगत रुपमा छलफल तथा निरिक्षणकालागि समिति बीरगंज आइपुगेको हो ।

आइसीपीमा आयोजना गरिएको सरोवारवालासंगको छलफलमा भने संचारकर्मी निमत्षाइएको थिएन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.