logo

बीरगंजको आइसीपी तस्करीको,अखडा, संघीय साँसद, भंसारको “संसार” थाहा पाएपछि परे आश्चर्यमा

 इसीमाना सम्वाददाता     २०८१ माघ १६ गते १४: ३० मा प्रकाशित     509   पटक पढिएको

बीरगंज ।बीरगंजमा रहेको आइसीपी (एकिकृत भन्सार जाँच चौकी) तस्करीको अखडा भएको  बताइएको छ ।

प्रतिनिधि सभामा रहेको अर्थ समितिले भंसार बिधयक संशोधनका बिषयमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन । 


भन्सारको राजस्व बिगत छ वर्ष देखी घटदै गएको सन्दर्भमा अर्थ समितिका सदस्यहरुका सामु ग्राउण्डको अवस्थाको बारेमा जानकारी गराउने क्रममा  सहभागीहरुले यस्तो बताएका हुन ।


आसीपी नै तस्करीको अखडा भएको कुरा समितिकै सदस्यहरुका सामु ब्यक्त भएपछि अर्थ समितिका सदस्यहरुको कान चनाखो भएको थियो भने कार्यक्रममा सहभागि भन्सार कर्मचारी र केही आर्थिक अपराधमा संलग्न ब्यापारीको भावभंगीमा आक्रोशयुक्त देखिएको थियो । 


भंसार लेन भएरै नै ट्रकका ट्रक समान अनधिकृत रुपमा भित्रिदै आएको तथ्यका कारण आइसी तस्रकीको अखडा भएको थाहा पाएपछि अर्थसमितिका सदस्यहरु पनि आश्चर्यमा परेका थिए ।

टोलीमा नारायणी शर्मा, जुली महतो ,अन्जनी श्रेष्ठ,छिरिङ डिम्डुल लामा, मुक्ता यादव र नारायण प्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरुको सहभागिता रहेको थियो । 


भंसार प्रमुख राज प्रसाद  पाठक , ब्यापारीहरु हरि गौतम , एजेण्ट संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 


आइसपी हुदै ग्रिन लाइनबाट प्रवेश हुने मालवाहक ट्रक वा कन्टेर प्रहरीले चेकजााच थर्न नपाउने प्रवन्ध रहेको छ । यही प्रवन्धका कारण ग्रिनलाइनबाटै तस्करी बढेको हुनाले भंसार बिभागले तोकेको राजस्व असुली लक्ष्य अनुरुपको उठ्न सकेको छैन । 


आइसपी बस्तु आयातकालागि मात्र तस्करीको अखडा बनेको होइन नेपाल बाट फिर्ता जाने मालवाहक ट्रकहरुले भारत फर्किदा लागु औषध गाँजा बोकेर जाने गरेको कुरा पनि तथ्यले पुष्टि गरेको छ ।

आइसीपी भएर भारत फर्किने सवारी साधानले लागु औषध बोकेर जाने र उताबाट आउने मालबाहक ट्रक र कन्टेनर भंसारका भ्रष्ट कर्मचारीको कमाउ धन्दाका कारण बिना रोकटोक नेपाल भित्रिने गरेका छन । 

अर्थ समितिका सदस्यहरुले बीरगंज भन्सारको यस्तो संसारको बारेमा जानकारी पाए पछि दंगदास परेका छन । 


भंसार नजिकै रहेको कोइलाको भण्डारणका कारण वतावरणमा परेको प्रतिकुल अवस्थाको बारेमा भंसार प्रशासन चुप लागेर  बसेको भन्दै सहभागिहरुले चर्को आलोचना गरेका थिए । 


सहभागीले मंसार कानूनकै कारण भन्सार राजस्व चुहिएको सहभागिले बताए । सहभागिहरुले राजस्व चुहाट नियन्त्रण र तस्करीको धन्दा रोक्न  भंसार दर कम गरेर परिक्षण गरिनु पर्ने सुझाव दिए । 


भंसार सम्बन्धी काूनन संशोधन र एकिकरणकाकालागि  बनेको बिधयक अर्थ समितिमा छलफलका क्रममा छ ।

साही बिधकका बिषयमा स्थलगत रुपमा छलफल तथा निरिक्षणकालागि समिति बीरगंज आइपुगेको हो ।

आइसीपीमा आयोजना गरिएको सरोवारवालासंगको छलफलमा भने संचारकर्मी निमत्षाइएको थिएन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.