logo

राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगको रिपोर्ट,कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी र पटेर्वा मधेशमै पहिलो र दोश्रो स्थानमा

 इसीमाना सम्वाददाता     २०८१ फागुन २ गते १६: ४५ मा प्रकाशित     306   पटक पढिएको

वीरगन्ज । राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगद्वारा प्रकाशित स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा पर्साको ठोरी गाउँपालिकाले उच्च अंक हासिल गरेको छ । 

 

ठोरी गाउँपालिकाले ७१.२ प्रतिशत अंक प्राप्त गरि मधेश प्रदेशमा भने पहिलो सथान हासिल गर्न सफल भएको हो । यस अघि पनि ठोरी पर्सा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो । 


कार्यसम्पादन मूल्याकंनकालागि ३० वटा मापदण्डमा १ सय पूर्णङ्क तोकिएको छ । ठोरी गाउँपालिकाले ७१।१ अंक प्राप्त गरि उच्च स्थान हासिल गरेको हो ।

 

मापदण्डमा असार १० भित्र साधारण सभा गरेको , असार मसान्त बजेट , नीति तथा कार्यक्रम पारित गरेको  , घर जग्गा रजिष्ट्रेशन तथा मनोरन्जन करको प्रदेश कोषमा दाखिला , आय व्यय प्रक्षेपण गरिएको  तथ्याङ् सहितको बिवरण मन्त्रालयमा पेश भएको , राजस्व संकलनको प्रक्षेपीत लक्ष्य, संकलनको जास्तविक तथ्यांक,लेखा परिक्षण ,गर्भवती महिलाको संख्या , ४ पटक चेकचाँज गर्ने महिलाको संख्या सहितका २९ वटा सूचकहरु राखिएका छन ।

ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले मधेश प्रदेशकै प्रथम पालिका बनाउने गरि सफलता प्राप्त भएकोमा खुशी ब्यक्त गरेका छन ।

 

उनले अहोरात्र काममा खटिने ठोरी गाउँपालिकाका सबै शाखाका कर्मचारी, प्राप्त उपलब्धिलाई निकै मेहनतका साथ ब्यवस्थित गर्दै सम्बन्धित निकायमा समयमै उपलब्ध गराउने सुचना प्रविधि अधिकृत लगायत कार्य सम्पादनमा सहयोग पुर्‍याउनुहुने  उपप्रमुख सहित सबै जनप्रतिनिधिहरुलाई  बधाई संगै धन्यवाद दिएका छन ।

 

 आगामी बर्षहरुमा पनि उत्साहित भएर कार्य अघि बढाउन कर्मचारी, तथा अन्य जनप्रतिनिधिलाई अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले ठोरीले प्राप्त गरेको उपलब्धिले काम गर्ने जोश जागर अझ बढेको बताए । ।

यसैगरि कार्यसम्पादन मूल्यांकनमा पर्साकै पटेर्वा सुगौली गाउँपालिका दोश्रो भएको छ । पटेर्वा सुगौलीले ६३.५ अंक प्राप्त गरि दोश्रो भएको हो ।

 

 त्यस्तै बाारको प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिका प्रथम र दोश्रो भएका छन । मधेश प्रदेशमै पनि परवानीपुर तेश्रो र परवानीपुर गाउँपालिका चौथो भएको हो । प्रसौनीले ६२.४ र परवानीपुर गाउँपालिका ६१.५ अंक प्राप्त गरेको छ ।

परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षेत्री पटेलले यो सफलता पप्त गर्नकालागि क्रियाशिल उपप्रमुख सहितका सबै जन प्रतिनिधि प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा रहेका सबै कर्मचारी र पालिकाको अभियान योजनामा सहभागी सबै नागरिकमा बधाई ज्ञापन गरेका छन ।

 

उनले आउने दिन थप सफलता पाउने गरि काम गर्ने हौसला प्राप्त भएको बताएका छन । उनले आफनो दायित्व नागरिक आवश्यकता र अपेक्षालाई पुरा गर्ने तर्फ केन्द्रीत हुने फेरी दोहर्याएका छन । 

पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ वडाध्यक्ष बिजय गैरेले पनि आफनो गाउँपालिका मधेशमै दोश्रो भएकोमा खुशी ब्यक्त गरेका छन । उनले सामाजिक संजालबाट 

अति मेहनत गरि यहा सम्म पुर्याउन नेतृत्वदायी भुमिका निर्बाह गर्नुहुने पालिका प्रमुख उप प्रमुख ,कार्यपालिका सद्स्य ,शाखा प्रमुख ,गाउ सभा सदस्य सम्पुर्ण कर्मचारी लगायतलाइ हार्दिक बधाइ तथा धन्यवाद ब्यक्त गर्दै पालिकाले सेवा प्रबाह गर्ने कुरामा अझ राम्रो गर्दै जाने कुरामा प्रतिबद्द्ता समेत जाहेर गर्दछौ भनेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.