logo

कलश एण्ड क्याटलका संचालक लापत्ता, भकाभक गाई मर्न थाले, टुलुटुलु हेरेर नवस्ने पालिका अध्यक्ष श्रेष्ठको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ५ गते १०: २९ मा प्रकाशित     406   पटक पढिएको

बीरगंज । पर्साको ठोरी गाउँपालिकाको वडा नं ५ सुवर्णपुरमा रहेको कलश एण्ड क्याटल फार्मिङमा रहेका गाईहरु दानापानी अभावमा मर्न बाध्य भएका छन ।

फार्मिङ्गमा १ सय ५० गाई र १ सय ५० बाच्छी गरि ३ सय गाई रहेका छन । हिजो मात्र एउटा गाई मर्यो स्थानीय हरि चौलागाईले भने अ । 


गाई मर्न थाले पछि  सोमवार गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक रन्जित तामाङ, ठोरी–५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चन लगायतलाई लिएर फार्मको निरीक्षण गरेका थिए । । 

सुवर्णपुरको १३ बिघा जमिनमा १५ सय गाई अट्ने स्वचालित फार्म गाइको मृत्यु केन्द्र बन्दै गएको छ । कुनै समय देशभर नै चर्चामा रहेको गाई फार्ममा गाईको स्याहारसुसार र आहारा नहुँदा दिनप्रतिदिन गाइ मर्दै गईरहेको स्थानीयले बताएका छन् ।

फार्ममा गाइलाई पिउने पानीको समेत अभाव भएको छ । पानी र घाँस पराल नपाएर गाई दिनप्रतिदिन मर्दै गैरहेको स्थानीय बासी बताउँछन् । 

खाना नपाएर गाइ भोकै मर्न थालेको गुनासो आएपछि आज ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठ सहितको जनप्रतिनिधि र प्रहरीको टोलीले उक्त गाई फार्मको निरीक्षण गरेका छन् । अझै एकसाता यस्तै अवस्था रहे गाई फार्ममा कुनै पनि गाई बाँच्ने अवस्था नरहेको पालिका अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले फार्मको अवस्था बारे सन्चालकलाई जानकारी गराउँदा गैरजिम्मेवार जवाफ आएको बताउँदै अब आफुले टुलुटुलु हेरेर बस्न नसक्ने बताए ।

उनले भने, ‘यस्तो विजोग हेरेर बस्न सकिदैंन, पराल छैन, दाना छैन, पानी समेत छैन, तोरीको कुसौरा छरेर राखेको छ ।’ अब तत्काल फार्मको गाइ किसानलाई पाल्न दिने र पछि सन्चालक खोज्न आएमा पालेको पैसा लिएर फिर्ता गर्ने शर्तमा गाइै बचाउने सोचमा पुगेको अध्यक्ष श्रेष्ठले बताए ।

 प्रतिदिन ३० हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेर सञ्चालन भएको सो गाई फार्मले १२ लाख भन्दा धेरै विद्युत वक्यौता तिर्न बाँकी भएपछि लाइन काटिएको छ ।विद्युत आपूर्ति बन्द हुँदा पानी समेत छैन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.