logo

श्रीमतीको हत्यागरि फरार रहेका श्रीमान पाँच वर्षपछि गिरफ्तार

 इसीमाना सम्वाददाता     २०८१ फागुन ८ गते ०१: ३२ मा प्रकाशित     432   पटक पढिएको

राजविराज । आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका एक जना व्यक्तिलाई सप्तरी प्रहरीले ५ बर्ष पछी पक्राउ गरेको छ  ।


 पक्राउ पर्नेमा सप्तरी जिल्लाको शम्भुनाथ नगरपालिका वडा नं.२ वस्ने सन्तोष साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।


 प्रहरीका अनुसार साहले आफ्नी श्रीमती गायत्री कुमारी साहलाई ०७६ सालको चैत्र ६ गते राती मरणासन्न हुने गरि कुटपिट गरि घर नजिकै रहेको पुर्व पश्चिम राजमार्ग देखि करिब ४ सय मिटर उत्तर तर्फ फालेर फरार भएका थिए ।

घटना भएको भोलि पल्ट बिहान साढे ५ बजेको समयमा सोही ठाउँका स्थानीय तथा आफन्तले गायत्रीलाई गम्भीर अवस्थामा फेला पारी उपचारको लागि यूनिक अस्पतालमा भर्ना गरेकोमा सोही दिन उपचारको क्रममा उनकोको मृत्यु भएको थियो ।

सन्तोष र मृतक गायत्रीको बिवाह भएको करिब  ९ महिना मात्रै भएको थियो ।  श्रीमान् श्रीमतीबीच पटक पटक विवाद भई झैझगडा हुँदै आएको प्रहरीको भनाई छ ।

सप्तरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा सन्तोष साहका विरुद्ध मुद्दा  दर्ता गरी कारवाही चलाएको थियो ।  

सप्तरी जिल्ला अदालत राजविराजबाट दिन ३  को म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.