logo

माफियाले देशलाई बन्धक बनाएर हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन्ः पूर्व राज्यमन्त्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८१ फागुन १५ गते ०६: २७ मा प्रकाशित     471   पटक पढिएको

वीरगञ्ज । सिमेन्टमा गरिएको कार्टेलिङ विरूद्ध नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्यको नेतृत्वमा आज वीरगञ्जमा सृजनात्मक प्रर्दशन गरेका छन ।

आफूले उठाएको मुद्धा जनताले सहजै बुझन सकुन भन्ने उद्धेश्यका साथ उनले प्रर्दशनमा सृजनात्मकता थप्ने गरेका छन ।

नेपाली सिमेन्ट भारतमा निर्यात हुदा २ सय ८० रुपैयाँमा हुन्छ तर नेपाली ग्राहकले  भने त्यही सिमेन्टको  ८ सय रुपैयाँ तिर्नु परिरहेको अवस्थालाई उनले मुद्धाको रुपा उठाएका छन ।

May be an image of 4 people, temple and textप्रर्दशनमा गुन्जीएका नारा सुन्ने जो कोहीले पनि उनको मुद्धाको बिषयमा सजिलै संग बुझन सक्छन ।

 मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै,‘सिमेन्ट माफिया खबरदार, यहाँ माफिया छन् धेरै, सरकार हेरेको हेरै’ ‘मूल्य बढेको बढै–हामी हेरेको हेर्‍यै, माफिया पालक मुर्दावाद, भोका जनता सडकमा, सरकार तडकभडकमा । यि यस्ता नाराहरु हुन जो अहिलेको नेपाली संगीत क्षेत्रका निकै चर्चा कमाएका र जनजिब्रोमा बस्न सफल गीतहरुको लयमा सृजना गरिएको थियो ।


सिमेन्टको बारोको ड्रेस बनाएर प्रर्दशनमा उत्रिएका मधेश प्रदेशका पूर्व राज्यमन्त्री सहितका उनका सर्मथकहरुले मूल्य बढेको बढेयै, हामी हेरेको हेरेयै, राज्य डुब्दैछ पूरै, राज्य हेरेको हेरेयै, लगायतका नारा लेखिएको प्लेकार्ड सहित वीरगञ्जको घण्टाघरबाट शुरू भएको विरोध प्रदर्शन मुख्य चोक माइस्थान, आदर्शनगर, घडिअर्वा हुँदै पुन घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।


कोणसभामा बोल्दै पूर्व राज्यमन्त्री समेत रहनुभएका नेता अन्सारीले निर्माण क्षेत्र ठप्प भएर सिमेन्टको माग पनि बजारमा छैन तरपनि सिमेण्टको मूल्य बढाएको र सरकार मुकदर्शक बनेको बताए ।

यो देशका १५ देखि २० जना माफियाले देशलाई बन्धक बनाएर राखेका छन् । उनीहरूले हाम्रा सपनाको विमानलाई हाइज्याक गरेका छन् उनले भने“ अब माफियाहरूलाई तह लगाउने समय आएको हुँदा एक भएर हातेमालो गर्न गरौ” । बिहीबारको प्रदर्शन कुनै आन्दोलन नभएर आन्दोलनको बिगुल फुकेको उनले बताए ।

May be an image of ‎5 people, crowd and ‎text that says '‎मुल्यदेछधरे ्देछ मुल्य ददेछघरे सरक डकोहेरे हेरै उरको อีดา ONGSHI nohakbunchi DPC CEHENT しい A3T TAPDE मल्य सरकार बददेक 力度 あ កររាង់ दितछनधेरे 小御 OI ।ंवोत्ृष संवोत्तन सेले DPCA हेरकी 耐油味 عي‎'‎‎
अन्सारीले सिमेण्ट उद्योगहरुले कार्टेलिङ गरेर सिमेन्टको मूल्य बढाएको भन्दै सर्वोच्च अदालतमा समेत रिट दिएका थिए  । त्यसमा सर्वोच्च अदालतले कारणदेखाउ आदेश जारी गरेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.