logo

जनकपुरधाममा यातायात ब्यवस्था कार्यालयको आफ्नै भवनको मुख्यमन्त्री सिंहले गरे शिलान्यास

 इसीमाना सम्वाददाता     २०८१ फागुन २९ गते ०६: ५१ मा प्रकाशित     525   पटक पढिएको

जनकपुर । जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालयको आफ्नै नयाँ भवन निर्माण कार्यको शिलान्यास तथा भूमि पूजन सम्पन्न भएको छ।

 

 जनकपुरधाम उपमहानगरपालिका–८, ज्ञानकुप संस्कृत विद्यालयको पूर्वपट्टी निर्माण हुन लागेको उक्त भवनको शिलान्यास मुख्यमन्त्री सतिश कुमार सिंहले हिन्दू विधिअनुसार गरेका छन्।

शिलान्यास समारोहमा मुख्यमन्त्री सिंहले यातायात कार्यालयजस्तो अत्यधिक व्यस्त सेवा प्रदायक संस्थाको आफ्नै भवन नहुनु विडम्बनापूर्ण भएको उल्लेख गर्दै नयाँ भवन निर्माण सुखद सन्दर्भ भएको बताए।

 

साथै, उनले कार्यालयलाई गलत गतिविधि रोक्न र आफ्नै भवनबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न आग्रह गरे।

 

आफ्नो स्वास्थ्य क्षेत्र सुधार अभियानलाई निरन्तरता दिने बताउँदै उनले एसईई परीक्षा प्रणालीलाई मर्यादित बनाउन केन्द्रित हुने जानकारी दिए।


श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले यातायात क्षेत्रमा व्याप्त बिचौलियाको हस्तक्षेप  तथा दुरुपयोग रोक्न अत्याधुनिक ट्रायल सेन्टरसहितको भवन निर्माण हुन लागेको जानकारी दिए।

 

उनले साउन महिनादेखि सो कार्य प्रारम्भ हुने बताउँदै नयाँ व्यवस्थाले नागरिकलाई सहज र वास्तविक सेवा प्राप्त गर्न मद्दत गर्ने उल्लेख गरे।

नयाँ भवन निर्माणका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक बिघा जमिन दान गरेका छन्।

 

उक्त जग्गामा आधुनिक ट्रायल सेन्टर समेत रहनेछ। शिलान्यास कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख धनंजय कुमार  सिंहसहितका व्यक्तिहरूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.