logo

पर्सामा निषेधाज्ञा , के गर्न पाइने , के नपाइने

      4/27/2021 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भरिमा एक साताकोलागि  निषेधाज्ञा जारी गरेको छ। सिफारिशको आधारमा  संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) को अधिकार प्रयोग गरी निषेधाज्ञा जारी गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनु भयो  ।

 


बैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्म लागू हुने गरी उक्त आदेश जारी गरिएको हो । निषेधाज्ञाको सो अवधिमा औषधी उपचार  एवम् अत्यावश्यक कामका लागि बाहेक घरबाहिर निस्किन नपाईने, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ् पुल, सपिङ् मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय आदि सञ्चालन नगर्ने, विवाह, बर्तबन्ध जस्ता सामाजिक कार्यको हकमा जिल्ला प्रशासन कार्यालय पर्साबाट अनुमति लिएर स्वास्थ्य प्रोटोकलको पालना गरी बढीमा १५ जनासम्मको उपस्थितीमा गर्न पाइने लगायतका आदेश जारी गरिएको छ ।

यस्तै मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवम् सो सम्बद्ध कर्मचारीहरुले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षिको दाना लगायतका ढुवानीका सवारी साधन, आइसोलेशन एवम् होल्डिंग सेन्टर ब्यस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमती प्राप्त (पास) सवारी साधनबाहेक अन्य सबै प्रकारका नीजि तथा सार्वजनिक ९(दुई पाङ्ग्रे सहितका)  यातायातका सवारी साधन सञ्चालन गर्न पनि रोक लगाइएको आदेशमा उल्लेख छ ।

 

खाद्य वस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने, खाद्य वस्तुका पसल, व्यवसायहरु बिहान १० बजेसम्म मात्र स्वास्थ्य मापदण्डको पालना गरीरराई खोल्न पाइने छ ।

वीरगञ्जको ईनर्वा नाका बाहेकका नाकाबाट प्रवेश गर्न तथा अन्य सीमाबाट आवागमन गर्न  पूर्ण रुपमा रोक लगाइएको जारी आदेशमा उल्लेख छ । ईनर्वा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुले तोकिएको स्वास्थ्य चाँज र प्रक्रिया पु¥याएर तोकिएको आइसोलेसन वा होम आइसोलेसनमा अनिवार्य बस्नुपर्ने छ ।

 

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित (बैंक तथा वित्तीय संस्था समेतका) कर्मचारी र सञ्चरकर्मीहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्नुपर्ने छ । अत्यावश्यक सेवा बाहेकका अन्य सार्वजनिक तथा नीजि सेवा प्रवाह हाललाई स्थगित गरिएको पनि घिमिरेको भनाई छ ।

 

आदेश विपरित काम कारवाही गरेको पाईएमा प्रचलित कानून बमोजिम कारवाही हुने पनि प्रजिअ घिमिरले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.