logo

घर घरमा निम्ता कार्ड,भित्ता भित्तामा पोष्टर, अभिमुखीकरणको भब्य तयारी , महासचिव पोख्रेलले सम्बोधन गर्ने

 इसीमाना सम्बाददाता     २०८१ चैत ६ गते १०: २० मा प्रकाशित     392   पटक पढिएको

बीरगंज । नेकपा एमाले बीरगंज महानगर कमिटीले जरा अभियान अन्तर्गत महानगरस्तरीय अभिमुखीकरणको तिब्र तयारी गरेको छ ।

 

अभिमुखीकरणलाई भब्य बनाउन महानगर कमिटीले महानगर भित्रका सबै पार्टी सदस्यलाई आमन्त्रण गरेको छ । पार्टीले निम्ता कार्ड छापेरै घर घरमा अभियान सहित निम्ता बितरण गरेको छ ।

May be an image of 1 person and text that says 'नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिरगंज महानगर पालिका कमिटि सादर निमत्त्रणा नेकपा एमाले को तिन महिने वडा केब्दित अभियान अन्तरगत नेकपा एमाले बिरगंज र पालिका कमिटी द्वारा महानगर पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम निम्न मिति, ्थानमा नेकपा एमाले केन्द्रिय महासचिव कमरेड शंकर पोखरेल को प्रमुख आतिथ्यमा तपाईलाई यस कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा सहित अनुरोध गर्ददाँ तपसिल: मिति: २०৭ चै ደ गते शनिवार समय: विहान ၇ बजे स्थान: क्लासिक व्या ब्वेट (पार्टी प्यालेस), घण्टाघर (आरमी व्यारेक देउमा) आयोजक: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिरगंज महानगर पालिका कमिटि'

पार्टीका सबे वडा कमिटीका साथीहरु निम्ता कार्ड लिएर हरेक पार्टी सदस्यको घरमा पुगिरहनु भएको छ  नेकपा एमालेका महानगर इन्चार्ज बिचारी यादवले भने “पार्टीको आधारभूत तहको कार्यकर्ता बलियो नहुदा सम्म पार्टी बिलयो हुदैन बलिया कार्यकर्ताले पार्टीलाई जनासंग जोडने भएकोले जरा अभियान अन्तर्गत पार्टीका सबै सदस्य परिचालन गर्ने तयारी साथ महानगरले काम गरिरहेको छ ” ।


नेकपा एमालेले माघ फाल्गुण र चैत महिना भरि जरा अभियान चलाउने निर्णय गरेको छ । नेकपा एमालेको जरा नै टोल टोलमा रहेका पार्टी सदस्यहरु भएकोले जरा मजबुत बनाएर राष्ट्रीय शक्तिको रुपमा स्थापित हुन र त्यस मार्फत मिशन ०८४ मा सफल हुन पार्टी अभियानमा जुटेको महानगर अध्यक्ष राजेन्द्र यादवले बताए ।

 
अभिमुखीकरण केन्द्रीत भएर नेकपा एमाले बीरगंज महानगरकमटिीले वडा कमिटीका बैठकहरु संचालन गरिरहेको छ ।

 

 निम्ता कार्ड छापेर हरेक पार्टी सदस्यको घरमा पुगेर निम्ता दिने अभियान चलाईरहेको छ । पार्टीका महासचिवको तस्विर अंकीत पोस्टर समेत बनाएर शहरका भित्ताहरुमा टाँसेको छ ।

अभिमुखीकरणलाई ठोस प्रभावकारी र गुणात्मक बनाउनकालागि पार्टी पंक्ति हरेक रुपमा क्रियाशिल भएको नेकपा एमालेका नेता नवराज शर्माले बताए । पार्टीका महासचिव उपस्थित भएर पार्टीको अहिलेको कार्यभार भविष्यको योजना समसामयीकर राजनीतिक षियमा महत्वपूर्ण बिचार राख्ने कार्यक्रम भएकोले कार्यकर्ता पंक्तिमा पनि उत्साहको संचार भएको शर्माको भनाई छ । 


पार्टी निर्माणको काम महत्वपूर्ण काम हो । नेकपा एमालेका बिरुद्ध चारै तर्फबाट भएको घेराबन्दी  अहिले पनि बिभिन्न रुपमा कायमै रहेको बेला राष्ट्रीय शक्ति निर्माणको संकल्प लिएर अगाडि बढ्न महानगरले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमले खास अर्थ राख्ने नेकपा एमाले पर्साका लेखा समितिका अध्यक्ष शिवजी गुप्ताको भनाई छ ।


महानगरले चैत ९ गते बीरगंजको क्लासिक ब्यांक्वेटमा कार्यक्रमको आयोजना गरेको छ । पार्टीका महासचिव शंकर पोख्रेलले सम्बोधन गर्ने कार्यक्रम रहेको इन्चार्ज यादवले बताएका छन । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.